फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी शाङहाइ सहयोग संगठन सदस्य मुलुक बीचको चौधौं सम्मेलनमा सहभागी हुन दुशानबा प्रस्थान

(GMT+08:00) 2014-09-11 18:55:07

        ताजिकिस्तानका राष्ट्रपति इमोमाली राक्मोनोभ, माल्दिभ्सका राष्ट्रपति अब्दुलाह यामिन, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष र भारतका राष्ट्रपति प्रनव मुखर्जीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिंग फिंग आज एघार तारिख बिहिबार विहान विशेष विमानद्बारा पैचिंगबाट दुशानबे प्रस्थान गर्नुभयो। त्यहाँ शाङहाइ सहयोग संगठन सदस्य मुलुक बीचको चौधौं सम्मेलनमा उहाँ सहभागी हुनुहुने र यी चार वटा मुलुकमा राजनैतिक भ्रमण सुरु गर्नुहुनेछ।

       राष्ट्राध्यक्ष सीको भ्रमण साथमा राष्ट्राध्यक्ष सीकी श्रीमती फन ली युआन, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनैतिक व्यूरो समिति एवं केन्द्रीय नीति अध्ययन कार्यालयका प्रमुख वाङ हु निङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनैतिक व्यूरो समिति एवं केन्द्रीय कार्यालयका प्रमुख ली जाङ शु, राज्य परिषदका सदस्य याङ च्ये छ रहनु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ