फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी ताजिकिस्तानको राजधानी दुशानबेमा

(GMT+08:00) 2014-09-11 18:55:57

         ताजिकिस्तानका राष्ट्रपति इमोमाली राक्मोनोभको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिंग फिंग आज एघार तारिख बिहीबार ताजिकिस्तानको राजधानी दुशानबे पुग्नुभयो। उहाँ दुशानबामा आयोजित शाङहाइ सहयोग संगठन सदस्य मुलुक बीचको चौधौं सम्मेलनमा सहभागी हुने र ताजिकिस्तानको राजनैतिक भ्रमण पनि गर्नुहुनेछ।

         स्थानीय समय अनुसार आज बाह्र बजेर तीस मिनेट जाँदा राष्ट्राध्यक्ष सी दुशानबेको अन्तर्राष्ट्रिय विमान स्थलमा पुग्नुभयो। ताजिकिस्तानका प्रधानमन्त्री कोहिर रसुल्जोडा, उपप्रधानमन्त्री मार्हाबो जब्बोरी, विदेश मन्त्री सिरोदजिदिन अस्लोभले विमान स्थलमा राष्ट्राध्यक्ष सीको स्वागत गर्नुभयो।

          राष्ट्राध्यक्ष सीले शाङहाइ सहयोग संगठन शिखर सम्मेलनमा विभिन्न मुलुकसँग अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे गहन रुपमा छलफल गर्नुभयो। प्रधानमन्त्री रसुल्जोडाले राष्ट्राध्यक्ष सीलाई हार्दिक स्वागत व्यक्त गनुभयो।

          राष्ट्राध्यक्ष सीको भ्रमणमा उहाँकी श्रीमती फन ली युआन, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनैतिक व्यूरो समिति एवं केन्द्रीय नीति अध्ययन कार्यालयका प्रमुख वाङ हु निङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनैतिक व्यूरो समिति एवं केन्द्रीय कार्यालयका प्रमुख ली जाङ शु, राज्य परिषदका सदस्य याङ च्ये छ पनि सहभागी हुनुहुन्छ।

जानकारी तथा लेखहरु
सुझाउ