फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको दक्षिण एशिया भ्रमणबाट चीन-दक्षिण एशिया सहयोग मजबुत हुने

(GMT+08:00) 2014-09-11 18:57:17

       सेप्टेम्बर एघार तारिखदेखि उन्नाइस तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ताजिकिस्तानको भ्रमण गरी शाङ हाइ सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुने र माल्दिभ्स, श्रीलंका र भारतको राजकीय भ्रमण गर्नुहुनेछ। चीनको आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानको दक्षिण एशिया अध्ययन केन्द्रका प्रमुख हु श शेङले सी आर आईलाई अन्तर्वार्ता दिँदै राष्ट्राध्यक्ष सी चिन फिङको यो दक्षिण एशिया भ्रमणबाट चीन-दक्षिण एशिया सहयोगलाई प्रभावकारी गति दिने बताउनुभयो।

        हु श शेङको विचारमा दक्षिण एशियाका केही अर्ब जनसंख्या रहेको छ त्यसबाट ठूलो बजार देखिन्छ। यो क्षेत्र भविष्यमा विश्वको महत्वपूर्ण आर्थिक बृद्धि बिन्दु बन्नेछ। यो भ्रमणमा राष्ट्राध्यक्ष सी चिन फिङले राजनीति, अर्थतन्त्र, सँस्कृति आदि विषयमा दक्षिण एशिया विभिन्न मुलुकसँग सहयोग र आदान-प्रदान बढाउनुहुनेछ। माल्दिभ्स र श्रीलंकाको भ्रमण र भविष्यमा चीन तथा हिन्द महासागरबीचको आर्थिक तथा व्यापारिक सम्बन्धबीच सम्बन्ध रहने संभावना रहेको उहाँले बताउनुभयो। भारत भ्रमण यो चरणको सबैभन्दा मुख्य विषय रहेको भन्दै हु श शेङले राष्ट्राध्यक्ष सीको भारत भ्रमणबाट आगामी दश वर्षमा दुई देशबीचको सम्बन्धको विकासको तयारी हुने औँल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ