फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्बारा पाकिस्तानी सुरक्षा सल्लाहकारसँग भेटवार्ता

(GMT+08:00) 2014-09-12 18:56:15

     चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले ताजिकिस्तानको दुशान्बेमा पाकिस्तानका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा तथा विदेशी मामिला सम्बन्धी सल्लाहकार सर्ताज अजिजसँग भेट-वार्ता गर्नुभएको छ।

       बाह्र तारिखका दिन भएको भेटमा राष्ट्राध्यक्ष सीले चीन र पाकिस्तान मैत्रीपूर्ण साथी रहेको चर्चा गर्दै दुवै मुलुकले कुनै समयमा आपसी समझदारीका साथ आपसी समर्थन कायम राखेको स्मरण गर्नुभयो। उहाँले चीनले दुवै मुलुकबीचको रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई झन् झन् अगाडी बढाउने प्रतिबद्धता औंल्याउनुभयो। उहाँले पाकिस्तानका विभिन्न सम्बन्धित पक्षले मुलुक र जनताको हित अनुकूल वार्तामार्फत मतभेदलाई छिटो भन्दा छिटो अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो।

        सल्लाहकार अजिजले पाकिस्तानले चीनद्बारा निरन्तर गरिएको मद्दत र समर्थनप्रति धन्यवाद दिनुभयो। उहाँले राष्ट्राध्यक्ष सीद्बारा पाकिस्तान भ्रमण गर्नुहुनेमा पाकिस्तान सरकार र जनता आशावादी रहेको पनि सुनाउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ