फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन, रुस र मंगोलियाका राष्ट्रानायकबीच त्रिपक्षीय वार्ता

(GMT+08:00) 2014-09-12 19:00:18

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र मंगोलियाका राष्ट्रपति चाक्या एल्बेगदोर्गबीच यसै एघार तारिखका दिन त्रिपक्षीय वार्ता भएको छ।

        सो अवसरमा राष्ट्राध्यक्ष सीले चीन, रुस र मंगोलिया असल छिमेकी मुलुक भएकोमा जोड दिनुभयो। आपसी विकासका साथ उत्तर-पूर्वी एशियाको सहयोगलाई बढाउनु नै महत्वपूर्ण अर्थ रहेको सीले उल्लेख गर्नुभयो। साथै उहाँले चीन, रुस र मंगोलियाबीचको विकास रणनीति निकै मिलेको भन्दै सिल्क रोडको आर्थिक क्षेत्रको संयुक्त रुपमा निर्माण गर्ने चीनको प्रस्तावले पनि रुस र मंगोलियाको सक्रिय प्रतिक्रिया पाएको विचार व्यक्त गर्नुभयो। तीन पक्षले शाङहाइ सहयोग संगठनको प्रारुपमा सहयोग गरी संयुक्त रुपमा विकास गर्नसक्ने पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

          रुसी राष्ट्रपति पुटिनले छिमेकीको रुपमा रहेका तीन मुलुकले आवत-जावत, वार्ता र सल्लाहलाई प्रवर्द्धन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। चीनले निकालेको सिल्क रोड आर्थिक क्षेत्रको प्रस्तावबाट तीन मुलुकबीचको सहयोगलाई नयाँ अवसर प्राप्त हुने पनि उहाँले उल्लेख गर्नुभयो।

          मंगोलियाका राष्ट्रपति एल्बेगदोर्गले मंगोलियाले चीन र रुसबीचको सम्बन्धमा उच्च ध्यान दिएको बताउनुभयो। दुवै मुलुकसँग मिलेर सवारी आवश्यक प्रबन्ध र क्रस-सीमा परिवहनको सहयोग बढाउने आशा पनि मंगोलियाले गरेको उहाँको भनाइ थियो।

जानकारी तथा लेखहरु
सुझाउ