फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ हाइ सहयोग संगठन सदस्य मुलुकका राष्ट्रानायक परिषदको चौधौँ सम्मेलन सुरु

(GMT+08:00) 2014-09-12 19:37:21

        शाङ हाइ सहयोग संगठन सदस्य मुलुकका राष्ट्रानायक परिषदको चौधौँ सम्मेलन आज बाह्र तारिख ताजिकिस्तानको राजधानी दुशान्बेमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सम्मेलनमा उपस्थित भएर सम्बोधन गर्नुभयो।

       राष्ट्राध्यक्ष सीले शाङ हाइ सहयोग संगठनको विकास महत्वपूर्ण अवधिमा प्रवेश भएको भन्दै निश्चित बाटोमार्फत विकास गरी सदस्य मुलुक तथा सदस्य मुलुकका जनतालाई बढी सुरक्षा र फाइदा पुर्‍याउनु नै साझा जिम्मेवारी र कर्तव्य रहेको उल्लेख गर्नुभयो। साथै उहाँले चार बुँदे विचार प्रस्तुत गर्नुभयो: एक, क्षेत्रीय सुरक्षाको संरक्षणलाई आफ्नो कर्तव्यमा राख्नेमा अडिग। दोस्रो, संयुक्त विकास तथा समृद्धिलाई लक्ष्यमा राख्न अडिग। तेस्रो, लोकप्रिय आदान-प्रदानलाई प्रबर्द्धन गर्नुलाई उद्देश्यमा राख्न अडिग। चौथो, विदेशी आदान-प्रदान तथा सहयोगलाई विस्तार पार्ने प्रेरणामा अडिग।

जानकारी तथा लेखहरु
सुझाउ