फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परराष्ट्रमन्त्री वाङ यी र पाकिस्तानी सुरक्षा सल्लाहकारबीच भेट-वार्ता

(GMT+08:00) 2014-09-13 19:12:18

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङको साथमा शाङ हाइ सहयोग संगठनको शिखर सम्मेलनमा उपस्थित हुनुभएका चीनका परराष्ट्रमन्त्री वाङ यीले बाह्र तारिख दुशान्बेमा पाकिस्तानी प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा तथा विदेश मामिलासम्बन्धी सल्लाहकार सर्ताज अजिजसँग भेट-वार्ता गर्नुभयो।

         सो अवसरमा दुई पक्षले चीन-पाकिस्तान सम्बन्ध, भविष्यमा दुई देशबीच उच्च तहबीचको आवात-जावत, अफ्गानिस्तान स्थितिलगायत क्षेत्रीय चासोका विषयबारे गहिरो रुपमा बैचारिक आदान-प्रदान गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ