फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र ताजिकिस्तानका राष्ट्रपतिबीच भेट-वार्ता

(GMT+08:00) 2014-09-13 19:13:30

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले तेह्र तारिख विहान दुशान्बेमा ताजिकिस्तानका राष्ट्रपति एमोमालि रागमोनोभसँग भेट-वार्ता गर्नुभयो। दुई पक्षबीच चीन-ताजिकिस्तान सम्बन्धलाई गहन पार्ने विषयमा महत्वपूर्ण मतैक्यता भएको छ। साथै दुई पक्षले आगामी पाँच वर्षमा चीन-ताजिकिस्तान रणनीतिक साझेदारी सम्बन्ध विकास योजना पारित गरी व्यवहारिक सहयोगलाई चौतर्फी प्रबर्द्धन गरी संयुक्त विकास, समृद्धि, र सुरक्षालाई व्यवहारमा उत्तार्ने निर्णय गरेका छन्।

         वार्ताअघि रागमोनोभले राष्ट्रिय दरबारअगाडिको चोकमा राष्ट्राध्यक्ष सीको सम्मानमा भव्य स्वागत समारोहको आयोजना गर्नुभयो। भेटवार्तामा सीले चीन-ताजिकिस्तान सम्बन्ध चीनको छिमेकी कूटनीतिमध्येको महत्वपूर्ण विषय रहेको उल्लेख गर्नुभयो। उहाँले दत्तचित्त भएर आगामी पाँच वर्षमा चीन-ताजिकिस्तान रणनीतिक साझेदारी सम्बन्ध विकास योजनालाई व्यवहारमा उत्तार्ने पनि बताउनुभयो।

          ताजिक राष्ट्रपति रागमोनोभले ताजिकिस्तानले चीनसँगको असल सहयोगमाथि ध्यान दिएर दुई देशबीच रणनीतिक साझेदारी सम्बन्धमा अडिग रहने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले राष्ट्राध्यक्ष सीको निमन्त्रणाप्रति धन्यवाद ज्ञापन गर्दै चीनमा आयोजना हुने एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा सहयोग संगठनको वार्तामा उपस्थित हुने वचन दिनुभयो।

          भेटवार्तापछि दुई पक्षले "चीन-ताजिकिस्तानबीच रणनीतिक साझेदारी सम्बन्धलाई अझै विकास र गहन पार्ने संयुक्त घोषणा पत्र"मा हस्ताक्षर गरेका छन्।

         यसबाहेक राष्ट्रध्यक्ष सीले बाह्र तारिखका दिन तुर्कमेनिस्तानका राष्ट्रपति कुर्बान्गुलि बेर्दिमुगामेदेभ, किर्गिस्तानका राष्ट्रपति अलमाजबेक अतामबायेभ, कजाकिस्तानका राष्ट्रपति नुर्सुल्तान नाजार्बायेभसँग बेग्ला बेग्लै गरी भेट-वार्ता गर्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ