फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीको भारत भ्रमणबाट आपसी सम्बन्ध मजबुत हुनेमा भारतका राष्ट्रपति आशावादी

(GMT+08:00) 2014-09-13 19:15:17

        भारतका राष्ट्रपति प्रणव मुखर्जीले बाह्र तारिखका दिन भारतका लागि चीनका नवनियुक्त राजदूत ल यु छङको ओहदाको प्रमाणपत्र ग्रहण गर्दै चीनका राष्ट्राध्यक्ष सीको आगामी भारत भ्रमणबाट आफू आशावादी रहेको विचार व्यक्त गर्नुभयो।

         मुखर्जीले राजदूत ल लाई स्वागत गर्नुका साथै चीनका राष्ट्राध्यक्ष सीको भ्रमणका लागि हार्दिक स्वागत गर्नुभयो। उहाँले राष्ट्राध्यक्ष सीको भ्रमणबाट भारत र चीनबीचको सम्बन्धमा नयाँ आयाम थप्नुका साथै क्षेत्रीय तथा विश्वका लागि महत्वपूर्ण सकारात्मक सन्देश प्रवाह हुने पनि औंल्याउनुभयो।

          राजदूत लले केहि वर्षदेखि यता चीन र भारतबीचको सम्बन्ध स्वस्थ तथा द्रूत गतिले विकास हुँदै गएको बताउनुभयो। उहाँले दुवै मुलुकबीच रणनैतिक आपसी विश्वास झन् झन् बढेको, मित्रता आदान-प्रदान अझै विस्तृत भएको तथा आपसी हित र सहयोगलाई गहन भएको औंल्याउनुभयो। उहाँले राष्ट्राध्यक्ष सीको आगामी भारत भ्रमणबाट दुवै मुलुकबीचको सम्बन्ध विकासमा दीर्घकालीन महत्वपूर्ण अर्थ राख्ने कुरामा पनि जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ