फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा दुशान्बेमा शाङ्हाई शिखर सम्मेलनलाई सम्बोधन

(GMT+08:00) 2014-09-13 19:19:32

        शाङहाइ सहयोग संगठन सदस्य मुलुकका राष्ट्रनायक परिषदको चौधौँ सम्मेलन बाह्र तारिखका दिन ताजिकिस्तानको राजधानी दुशान्बेमा सम्पन्न भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ, कजाकिस्तानका राष्ट्रपति नुर्सुल्तान नाजार्बायेभ, किर्गिस्तानका राष्ट्रपति अल्माजबेक अताम्बाएभ, रुसका राष्ट्रपति भ्लादिभिर पुटिन, ताजिकिस्तानका राष्ट्रपति एमोमालि रागमोनोभ, उज्वेकिस्तानका राष्ट्रपति कारिमोभ सम्मेलनमा उपस्थित हुनुहुन्थ्यो।

         सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्राध्यक्ष सीले भाग्य र अधिकारको सामुहिक चेतनाका साथ सहकार्य गरी क्षेत्रीय स्थीरता र संयुक्त समृद्धि अभिवृद्धि गरी शाङहाइ सहयोग संगठनको प्रणालीलाई सुधार गर्ने गरी यस क्षेत्रका जनताको फाइदामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।

         राष्ट्राध्यक्ष सीले शाङ हाइ सहयोग संगठनको विकास महत्वपूर्ण अवधिमा प्रवेश भएको भन्दै निश्चित बाटोमार्फत् विकास गरी सदस्य मुलुक तथा सदस्य मुलुकका जनतालाई बढी सुरक्षा र फाइदा पुर्‍याउनु नै साझा जिम्मेवारी र कर्तव्य रहेको उल्लेख गर्नुभयो। साथै उहाँले चार बुँदे विचार प्रस्तुत गर्नुभयोः एक- क्षेत्रीय सुरक्षाप्रतिको कर्तव्य। दोस्रो, संयुक्त विकास तथा समृद्धिमा अडिग। तेस्रो, लोकप्रिय आदान-प्रदानलाई प्रबर्द्धन गर्नुलाई उद्देश्यमा राख्न अडिग। चौथो, विदेशी आदान-प्रदान तथा सहयोगलाई विस्तार पार्ने प्रेरणामा अडिग।

         सम्मेलन निर्णयका अनुसार, सन् 2015 शाङ हाइ सहयोग संगठनको शिखर सम्मेलन रुसको ऊफामा आयोजना हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ