फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आफ्नो स्वदेश फिर्तीको मागलाई संयुक्त राष्ट्रसंघमा सुनाइदिन भुटानी शरणार्थीको आग्रह

(GMT+08:00) 2014-09-15 17:30:01

        भुटानी शरणार्थीले आफूहरूको स्वदेश फर्किने अधिकारलाई सम्बोधन गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। राष्ट्रसंघीय महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री सुशील कोइरालालाई आइतबार पत्र पठाउँदै उनीहरूले यस्तो आग्रह गरेका हुन्।

        भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिले प्रधानमन्त्रीलाई पत्र पठाउँदै 22 वर्षदेखि आफूहरूलाई भुटानले निर्वासनमा बस्न बाध्य पारेको उल्लेख छ। उनीहरूले मानव अधिकारका लागि वकालत गर्ने विश्वको सर्वोच्च निकाय संयुक्त राष्ट्रसंघको महासभामा शरणार्थीको मुद्दा उठाइदिए सम्बोधन हुने थियो भन्ने आशा आफूहरूलाई लागेको पत्रमा उल्लेख छ।

        'नेपालमा शरणागत भए पनि मातृभूमि फर्कन पाउने कुरामा दृढ छौं तर हाम्रो नैसर्गिक अधिकारलाई कुण्ठित गर्दै भुटान सरकार हामीलाई फिर्ता गर्न आलटाल गरिरहेको छ,' पत्रमा भनिएको छ, 'शरणार्थी समस्या समाधानका नाममा तेस्रो देश पुनर्बास गराएर अन्याय गरिएको छ। हामी सौहार्दपूर्ण वातावरणमा भुटान नै फर्किन चाहन्छौं।'

        समिति संयोजक हर्कजंग सुब्बा र प्रवक्ता सन्तवीर घलेले हस्ताक्षर गरी पठाएको पत्रमा उल्लेख भएअनुसार 99 जना ज्येष्ठ नागरिकले हस्ताक्षर गरेर प्रधानमन्त्रीलाई महासभामा सशक्त र आफ्नै समस्या ठानी शरणार्थी स्वदेश फिर्तीको मुद्दा उठाइदिन अनुरोध गरिएको छ। तेस्रो देश पुनर्बासका कारण अब शिविरमा करिब 35 हजारमात्र शरणार्थी बाँकी छन्।

जानकारी तथा लेखहरु
सुझाउ