फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङ्गद्वारा माल्दिभ्सको राजकीय भ्रमण शुरु

(GMT+08:00) 2014-09-15 09:34:40

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 14 तारिख राजधानी माले पुगेर माल्दिभ्सको राजकीय भ्रमण थाल्नुभएको छ। माल्दिभ्सका राष्ट्रपति अब्दुलाह यामिन र उहाँकी श्रीमती राष्ट्राध्यक्ष सी र उहाँकी धर्मपत्नी फङ्ग ली युआनको स्वागत गर्नका लागि विमानस्थल पुग्नुभएको थियो।

        यामिनले माल्दिभ्स सरकार र जनताको तर्फबाट सीलाई स्वागत गर्नुभयो। यो भ्रमण चीन र माल्दिभ्सको दौत्य सम्बन्ध स्थापना भएको 42 वर्षयता चीनका राष्ट्राध्यक्षले माल्दिभ्सको भ्रमण गरेको पहिलो भ्रमण भन्दै यामिनले माल्दिभ्सका जनताले यस भ्रमणबाट दृढ आशा लिएको कुरा बताउनुभयो।

        प्रत्युत्तरमा राष्ट्राध्यक्ष सीले माल्दिभ्सका जनतालाई चिनियाँ जनताको हार्दिक बधाई र शुभेच्छा प्रकट गर्दै दुई मुलुकको दौत्य सम्बन्ध स्थापनाको 42 वर्षयता आपसी सम्बन्ध स्वस्थ र स्थिरताका साथ विकसित भैरहेको कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ