फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलंकाली सञ्चार-माध्यमद्वारा राष्ट्राध्यक्ष सीको भ्रमणप्रति ध्यानाकर्षण

(GMT+08:00) 2014-09-15 11:15:45

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 16 तारिख श्रीलंकाको दुई दिने राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ। श्रीलंकाली सञ्चार-माध्यमहरुले यसमाथि उच्च ध्यान दिएका छन्।

       श्रीलंकाको राष्ट्रिय रेडियो "लखण्डा"को वेभसाइटले जनाएअनुसार, विगत 28 वर्षयता चीनका सर्वोच्च नेताले श्रीलंकाको भ्रमण गर्नुहुने यो पहिलो पटक हो। सी चिन फिङ्गको श्रीलंका भ्रमणका बेलामा दुई मुलुकका नेताहरुले आधारभूत प्रबन्धको निर्माण, आर्थिक तथा व्यापारिक सहयोगआदि विषयहरुबारे छलफल गर्नुहुने छ। यस पटकको भ्रमणले दुई मुलुकको द्विपक्षीय सम्बन्धको विकासलाई अझै गति दिनेछ।

       श्रीलंकाको मुख्य पत्रिका "लाक्बिमा"ले प्रकाशित गरेको टिप्पणीअनुसार, चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गको श्रीलंका भ्रमणले दुई मुलुकको सम्बन्धलाई घनिष्ठ पार्ने छ। उक्त टिप्पणीमा उल्लेख भएअनुसार, हाल चीन र श्रीलंकाको द्विपक्षीय सम्बन्धमा राजनीति, अर्थतन्त्र तथा व्यापार, समाज, सँस्कृतिआदि धेरै क्षेत्रहरु समावेश छन्। चीन श्रीलंकाको मुख्य लगानीकर्ता मुलुक हो र श्रीलंकाको घनिष्ठ कूटनैतिक साझेदार पनि हो। "समुद्री रेशमी मार्गको पुनःनिर्माण" गर्ने सम्बन्धमा चीनद्वारा प्रस्तुत गरिएको प्रस्तावबाट श्रीलंका पनि लाभान्वित हुनेछ।

       उक्त टिप्पणीले तथाकथित "चीनले श्रीलंकालाई नियन्त्रण गर्ने" भन्ने कुराको पनि खण्डन गरेको छ। चीनको इतिहासबाट हेर्दा चीनले कुनै पनि मुलुकलाई नियन्त्रण गरेको थिएन। चीन र श्रीलंकाले समान आधारमा मैत्रीपूर्ण आवत-जावत गर्ने कुरा चीन सरकारले धेरै पटक व्यक्त गरेको छ। साथै उक्त टिप्पणीले श्रीलंका र चीनको सम्बन्ध, श्रीलंका र भारतको सम्बन्धप्रति श्रीलंका सरकारले लिएको तटस्थ धारणाको ब्याख्या गरेको छ।

       श्रीलंकाको पत्रिका "डिभाइना समाचार पत्र"ले "चीन-श्रीलंका स्वतन्त्र व्यापार सम्झौता र हाम्रो अर्थतन्त्र"शीर्षकको टिप्पणी प्रकाशित गरेको छ। उक्त टिप्पणीले चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले श्रीलंकाको राजकीय भ्रमण गर्नुहुने अपेक्षा व्यक्त गरेको छ। उक्त लेखले चीनको आर्थिक विकासमा प्राप्त भएको उपलब्धिको मूल्याकंन गरेको छ। चीन अर्थतन्त्रको शक्तिशाली मुलुक हो र श्रीलंकाको घनिष्ठ मित्र हो। "चीन-श्रीलंका स्वतन्त्र व्यापार सम्झौता"बारे उक्त लेखमा यसरी उल्लेख गरिएको छ- शक्तिशाली आर्थिक मुलुक चीनले आफ्नो हितका लागि श्रीलंकासँग सम्झौतामा हस्ताक्षर गर्नेछैन। श्रीलंका यसबाट लाभान्वित हुने छ। उक्त सम्झौता चीन र श्रीलंकाको मित्रताको प्रमाण बन्नेछ।

       हालसम्म श्रीलंकाको विभिन्न पत्रिका, रेडियो, टेलिभिजन, वेभसाइटआदि सञ्चार-माध्यमले सी चिन फिङ्गले श्रीलंकाको भ्रमण सम्बन्धित समाचारहरु सार्वजनिक गरिरहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ