फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको भारत भ्रमण भारतका लागि चिनियाँ राजदूतको प्रतिक्रिया

(GMT+08:00) 2014-09-15 19:07:04
        चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सत्र तारिखदेखि उन्नाईस तारिखसम्म भारतको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ।

        भारतका लागि चिनियाँ राजदूत ल यु छङ्गले पत्रकारलाई दिनुभएको एक अन्तर्वार्तामा राष्ट्राध्यक्ष सीको यस पल्टको भ्रमण आठ वर्षयता चीनका राष्ट्रानायकले गर्न लागेको पहिलो भारत भ्रमण हुनुका साथै राष्ट्राध्यक्ष सी भारतमा नयाँ सरकार गठनपछि भारतको भ्रमण गर्ने ठूलो मुलुकको पहिलो नेता हुनुहुने पनि बताउनुभएको छ। यसबाट चीन सरकारले भारत तथा चीन-भारत सम्बन्धलाई निकै महत्व दिएको पुष्टी हुने पनि उहाँको तर्क छ।

       राजदूत लले राष्ट्राध्यक्ष सीको यस पल्टको भारत भ्रमण चीन-भारत सम्बन्धको ऐतिहासिक घडी परेकाले चीन-भारत सम्बन्धको विकास क्रममा अर्को महत्वपूर्ण कोसेढुँगा सावित हुने कुरा ‌औंल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ