|
|
|
|||||||||
|
||

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 15 तारिख माल्दिभ्सका राष्ट्रपति अब्दुलाह यामिनसँग मालेमा भेट-वार्ता गर्नुभएको छ। उहाँहरुले सौहार्द्रपूर्ण वातावरणमा द्विपक्षीय सम्बन्ध र साझा अभिरुचिका विषयहरुबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ। साथै चीन र माल्दिभ्सबीच भविश्यतर्फ उन्मुख चौतर्फी, मैत्रीपूर्ण, सहयोगात्मक र साझेदारी सम्बन्धको स्थापनामा पनि उहाँहरुले मतैक्यता जनाउनुभएको छ।

यामिनले राष्ट्राध्यक्ष सीको भ्रमणले दुई मुलुकको सम्बन्धलाई नयाँ उचाईमा लैजाने विश्वास व्यक्त गर्नुभयो।
यसैबीच सीले यामिनसँग दुई मुलुकको सम्बन्ध खास गरी 21औं शताव्दीमा समुद्री रेशमी मार्गबारे वैचारिक आदान-प्रदानको अपेक्षा व्यक्त गर्नुभयो। यसका साथै उहाँले चीन र माल्दिभ्सबीच कुनै पनि समस्या र व्यवधारन नरहेको र आपसी गहिरो मित्रता र सहयोगको साझा इच्छा रहेकोमा पनि जोड दिनुभयो।

यामिनले माल्दिभ्सको आर्थिक विकासमा चीनले दिएको सकारात्मक समर्थन र मद्दतप्रति माल्दिभ्सका तर्फबाट कृतज्ञता ज्ञापन गर्नुका साथै चीनलाई सहृदयी मित्रका रुपमा मानेको कुरा बताउनुभयो। 21औं शताव्दीमा समुद्री रेशमी मार्गको स्थापना गर्ने सम्बन्धमा राष्ट्राध्यक्ष सीद्वारा प्रस्तुत गरिएको प्रस्तावालाई माल्दिभ्सले पूर्ण रुपमा समर्थन दिने पनि उहाँले बताउनुभयो।

भेट-वार्तापछि उहाँहरु कूटनीति, अर्थतन्त्र तथा व्यापार, आधारभूत प्रबन्धको निर्माणआदि क्षेत्रको सहयोग दस्तावेज हस्ताक्षर समारोहमा उपस्थित हुनुभयो। उहाँहरुले पत्रकारहरुसँग पनि संयुक्त रुपमा भेट-घाट गर्नुभयो।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||