फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र माल्दिभ्सबीच समुद्री सुरक्षा सहयोगलाई बढाउने सहमति

(GMT+08:00) 2014-09-15 19:40:46

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले माल्दिभ्सको पहिलो पटक राजकीय भ्रमण गर्नुभएको बेलामा चीन र माल्दिभ्सले 15 तारिख मालेमा संयुक्त प्रेस-विज्ञप्ति जारी गरेका छन्।

        उक्त विज्ञप्तिअनुसार, 21‌औं शताव्दीमा समुद्री रेशमी मार्गको स्थापना गर्ने सम्बन्धमा चीनद्वारा प्रस्तुत गरिएको प्रस्तावलाई माल्दिभ्सले स्वागत गर्नुका साथै यसमा सक्रियताका साथ संलग्न हुने मनसाय लिएको छ।

        चीनले लामो समययता माल्दिभ्सको आर्थिक तथा सामाजिक विकासलाई उपलब्ध गराएको निःस्वार्थ सहयोगप्रति माल्दिभ्सले कृतज्ञता ज्ञापन गरेको छ। चीनले माल्दिभ्सको आर्थिक तथा सामाजिक विकासमा सहायता उपलब्ध गराउने र शक्तिशाली चिनियाँ उद्योग-व्यवसायलाई माल्दिभ्समा लगानीका लागि प्रोत्साहन गर्ने छ।

जानकारी तथा लेखहरु
सुझाउ