फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा राजनीतिक सम्मेलन स्थगित

(GMT+08:00) 2014-09-16 18:13:23

      नेकपा-माओवादीको अडानपछि मंगलबारलाई निर्धारित राष्ट्रिय राजनीतिक सम्मेलन स्थगित भएको छ। पदाधिकारी बैठक र 33 दलीय मोर्चाको बैठकपछि मोहन वैद्य नेतृत्वको माओवादी राजनीतिक सम्मेलनमा जान अस्वीकार गरेको हो। राजनीतिक सम्मलेन स्थगित भएको एमाओवादी नेता बाबुराम भट्टराईले ट्विटबाट यो राम्रो नभएको लेख्नुभएको छ।

     तर सम्मेलनमा नआएको नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले भने शान्ति प्रक्रिया, संविधानका अन्तर्वस्तु र संक्रमणकालीन राजनीतिक व्यवस्थापनका विषयमा चार दलबीच हुने भनिएको सहमतिबाट तीन दल पन्छिएकाले तत्कालका लागि राजनीतिक सम्मेलनमा जान अस्विकार गरेको बताउनुभयो। उहाँले वार्तामा बोलाएर औपचारिकता मात्र निभाएको आरोप लगाउनुभयो। '

     गजुरेलले अहिलेको कार्यदल जारी राख्‍न समेत सुझाउनुभएको नागरिकन्यूज डटकमले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ