फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिम नेपालका बाग्लुङ्ग-मुस्ताङ्का स्याउ बोटबाटै बिक्री

(GMT+08:00) 2014-09-16 18:13:54

         बाग्लुङ-मुस्ताङको स्याउ किसानले नपाक्दै बिक्री गरेका छन्। कृषि प्राविधिकले असोजको पहिलो साताबाट टिप्न सुझाए पनि किसानले पहिल्यै टिपेर बेचेका जिल्ला कृषि विकास कार्यालय, मुस्ताङले जनाएको छ। विभिन्न जिल्लाका व्यापारी मुस्ताङ पुगेर बोटबाटै धमाधम स्याउ किनिरहेका छन्। बोट नै ठेक्का लिएका व्यापारीले आफूअनुकूल टिपेर बजार पुर्‍याउँछन्। व्यापारी घरघर आएपछि किसानलाई सजिलो भएको छ।

        स्याउ किन्न पर्वत, बागलुङ र पोखराका व्यापारी मुस्ताङ पुगेका छन्। स्याउ काठमाडौं, नारायणगढपनि पुग्छ। मुस्ताङे स्याउको माग उच्च छ। मुस्ताङको स्याउ बागलुङमा दोब्बर मूल्यमा बिक्री भएको छ।

        नागरिकन्यूज डट कमका अनुसार मुस्ताङमा स्याउ उत्पादन र भाउ दुवै बढेको छ। गत वर्ष किलोको 60/70 रुपैयाँमा बेचेकामा यस वर्ष 70/80 पुगेको छ। खेती विस्तारसँगै उत्पादन बढेको हो। स्याउका लागि उपयुक्त मौसम र रोग, कीराको प्रकोप कम भएपछि उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालय, मुस्ताङले जनाएको छ।

        किसानले व्यक्तिगत र सामूहिक रुपमा स्याउखेती गरेका छन्। मुस्ताङमा गोल्डेन डेलिसियस, रेड डेलिसियस, रिचा रेड लगायत जातका स्याउ छन्। मुस्ताङमा 8 सय 67 हेक्टर क्षेत्रफलमा स्याउखेती छ। किसानले स्याउका दानासँगै सुकुटी, जुस र मार्फा रक्सी बनाएर बेच्छन्। जुस र रक्सी उत्पादन गर्न मार्फामा उद्योग छ। मुस्ताङको 28 सयदेखि 32 सय मिटरको उचाइमा स्याउखेती छ। हावापानी उपयुक्त भएकोले खेती निकै राम्रो छ। मुस्ताङका 16 वटै गाविसका करिब 2 हजार किसानले स्याउखेती गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ