फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–भारत औद्योगिक वातावरण सुध्रिंदै गएको व्यवसायीको भनाइ

(GMT+08:00) 2014-09-16 18:14:32

         उद्योगी व्यवसायीहरूले नेपालमा भारतीय लगानी भिœयाउन निजी क्षेत्रबाट हरसम्भव प्रयास भइरहेको बताएका छन्। नेपाल–भारत उद्योग वाणिज्य संघको 20 औं वार्षिक साधारणसभामा निजी क्षेत्रका प्रतिनिधिहरूले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध नयाँ युगमा पुगेको घोषणा पनि गरे। उद्योगी व्यवसायीले भारतीय राजदूतावाससँगको सहकार्यमा गरेका प्रयासहरू तथा नेपाल–भारत व्यापारमा रहेको विद्यमान खाडललाई पुनः सफल भएको दाबीसमेत गरेका कारोबार अनलाईनले जनाएको छ।

        नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले नेपालमा भारतीय लगानी भित्र्याउन र नेपालमा लगानीका अन्य अवसरको सम्भाव्यता पहिचान गर्न भारतीय उद्योग परिसंघसँग सहकार्य गरिरहेको बताउनुभयो।

        संघका अध्यक्ष शशिराज पाण्डेले यस वर्ष नेपालमा विदेशी लगानी भित्र्याउन नेपालस्थित भारतीय दूतावाससँगको सहकार्यमा गरेका प्रयासहरू तथा नेपाल–भारत व्यापारमा रहेको विद्यमान खाडललाई पुर्न सफल रहेको बताउनुभयो।

        नेपाल उद्योग परिसंघका उपाध्यक्ष सतिशकुमार मोरले नेपाल–भारत उद्योग वाणिज्य संघ नेपालका विभिन्न द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरूमध्ये क्रियाशील संस्था रहेको बताउनुभयो।

        नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालले आफ्नो निकासी क्षमता वृद्धि गर्नुपर्ने बताउनुभयो भने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा द्विपक्षीय पारस्परिक लाभ तथा सहयोग अभिवृद्धि गरी हित अवधारणाको आधारमा स्थापित गर्ने उल्लेख गर्नुभयो।

        नेपालले भारतबाट सेज निर्माण, औद्योगिक क्षेत्रहरूको निर्माण, रेलमार्ग तथा स्याटेलाइट सिटी निर्माणजस्ता ठूला परियोजनाहरूका लागि प्रस्ताव गर्नुपर्ने श्रेष्ठको भनाइ छ।

जानकारी तथा लेखहरु
सुझाउ