फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीको माल्दिभ्सको राजकीय भ्रमण सम्पन्न

(GMT+08:00) 2014-09-16 16:31:50

         चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 16 तारिख माल्दिभ्सको राजकीय भ्रमण समाप्त गरी श्रीलंकाको राजकीय भ्रमणका लागि कोलम्बोतर्फ प्रस्थान गर्नुभयो। माल्दिभ्सका राष्ट्रपति अब्दुलाह यामिन र उहाँकी श्रीमतीले विमानस्थलमा सी चिन फिङ्ग र उहाँकी श्रीमती फङ्ग ली युआनलाई हार्दिक विदाई गर्नुभयो।

         सीले माल्दिभ्सको राजकीय भ्रमण सफल भएकोमा सन्तोष प्रकट गर्दै राष्ट्रपति यामिन र माल्दिभ्स सरकार तथा जनताले दिएको भव्य स्वागतप्रति धन्यवाद दिनुभयो र यामिन तथा उहाँकी श्रीमतीलाई विदाईका लागि विमानस्थलसम्म आउनुभएकोमा पनि कृतज्ञता ज्ञापन गर्नुभयो।

        यामिनले सारा माल्दिभ्सले सीको भ्रमणमा उच्च महत्व दिएको कुरा व्यक्त गर्नुका साथै चीनले माल्दिभ्स र चीनबीचको सम्बन्धमा महत्व दिएकोमा आभार प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ