फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय प्रधानमन्त्री राष्ट्राध्यक्ष सीको भारत भ्रमणको प्रतीक्षामा

(GMT+08:00) 2014-09-16 17:35:33

       भारतका प्रधानमन्त्री नारेन्द्र मोदिले सोह्र तारिख भारतका लागि चिनियाँ पत्रकारलाई संयुक्त अन्तर्वार्ता दिँदै सत्र तारिख आफ्नो जन्मथलो गुजरात प्रदेशमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग स्वागत गर्ने कुरा व्यक्त गर्नुभएको छ। भारत-चीन सम्बन्धका लागि यसको महत्वपूर्ण अर्थ रहेको पनि उहाँले बताउनुभयो।

      प्रधानमन्त्री मोदिले पहिलेदेखि भारत-चीन दुई मुलुकको मैत्रीपूर्ण आदानप्रदानका क्रममा गुजरात प्रदेशको महत्वपूर्ण भूमिका रहेको कुरा व्यक्त गर्नुभयो। भारत तथा चीनसित प्रशस्त सँस्कृति भएकाले भारत-चीन सम्बन्ध विशेष भएको उहाँको भनाइ छ।

      उहाँले अगाडि भन्नुभयोः भारतीय तथा चिनियाँ जनताको संख्या लगभग विश्वको 35% छ। भारत तथा चीनले हातमा हात मिलाएर आर्थिक विकास गर्ने कुराले दुई मुलुकका जनताको जीवन-स्तर उकास्नुका अलावा विश्वका अरु मुलुकका जनताका लागि पनि अर्थपूर्ण रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ