फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको श्रीलंकाको राजकीय भ्रमण शुरु

(GMT+08:00) 2014-09-16 18:40:52

      चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सोह्र तारिख कोलम्बो पुगेर श्रीलँकाको राजकीय भ्रमण आरम्भ गर्नुभएको छ।

       स्थानीय समयअनुसार, विहान एघार बजेर चालीस मिनेटमा राष्ट्राध्यक्ष सीको विशेष विमान कोलम्बोस्थित बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। श्रीलँकाका राष्ट्रपति माहिन्दा राजापाक्सेले विमानस्थलमा राष्ट्राध्यक्ष सी चिन फिङ्ग तथा श्रीमती फङ्ग लि युआनको हार्दिक स्वागत गर्नुभयो।

      राष्ट्राध्यक्ष सीले यस पल्टको भ्रमणले दुइ मुलुकका जनता बीचको गहिरो मित्रतालाई प्रगाढ पार्ने तथा चीन-श्रीलँका मैत्रीडुङ्गालाई एक्काईसौँ शताव्दिमा समुद्री रेशमी मार्गद्वारा अघि बढाउने आशा व्यक्त गर्नुभयो।

      राष्ट्राध्यक्ष सीको माल्दिभ्सको राजकीय भ्रमण पूरा गरी श्रीलंका भ्रमणमा निस्कनुभएको हो।

जानकारी तथा लेखहरु
सुझाउ