फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलङ्काली संचारमाध्यममा राष्ट्राध्यक्ष सीको नामसहित सन्देश प्रकाशित

(GMT+08:00) 2014-09-16 15:29:21

         चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सेप्टेम्बर सोह्र तारिख श्रीलङ्काको राजकीय भ्रमण गर्दै गर्दा श्रीलङ्काली "दैनिक समाचार" अखवारमा " साझेदारी र सहयात्रा" विषयक नामसहित सन्देश प्रकाशन गर्नुभएको छ। उक्त सन्देशको मुख्य विषय यस प्रकार छः

         श्रीलङ्का हिन्दु महासागरको एउटा मोति हो । यहाँका मेहनती जनता, एकदमै मीठो चिया, सुन्दर मणि भएकाले आकर्षक छ। यस रमणीय मुलुकको भ्रमण गर्न तथा "हिन्द महासागरको मोति" अनुभव पाउन लागेकोमा मलाई एकदम खुशी लाग्यो।

         चीन-श्रीलङ्का दौत्य सम्बन्धको स्थापना भएको 57 वर्षदेखि यत्ता चीन-श्रीलङ्का सम्बन्धको स्वस्थ एवम् स्थीर विकास हुँदैआएको छ। जुन ठूलो मुलुक तथा सानो मुलुक बीचमा मैत्रिपूर्ण सह-अस्तित्व भएको र पारस्परिक हित तथा सहयोगको नमूना बनेको छ। वितेको दश वर्षमा द्बिपक्षीय व्यापारिक परिमाण दश गुणाले बृद्धि भएको छ। चीन श्रीलङ्काको दोस्रो ठूलो व्यापारिक साझेदारी तथा दोस्रो आयातित मुलुक बनिसकेको छ। चिनियाँ व्यवसायले सक्रियताका साथ श्रीलङ्काको अनेकौँ आधारभूत प्रबन्धको निर्माणमा भाग लिएको छ। जसले श्रीलङ्काको आर्थिक विकास तथा जनताको जीवनमा सुधार गर्नका लागि सक्रिय योग्दान दिएको छ।

         गत वर्ष सदिच्छापूर्ण पारस्परिक सहयोग गर्ने तथा युगौँयुगदेखि चल्दैबएको मैत्रिपूण चीन-श्रीलङ्का रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना भएको छ। यो दुइ मुलुक बीचको सम्बन्धले नयाँ विकसित चरणमा प्रवेश गरेको एक द्योतक हो। चीन-श्रीलङ्का सम्बन्ध सबभन्दा सुनौलो ऐतिहासिक कालमा रहिरहेको छ र नयाँ विकासको मौका देखा परेको छ। म यस पल्टको भ्रमणमार्फत श्रीलङ्काका राष्ट्रपति माहिन्दा राजापाक्से, अरु नेतागण तथा विभिन्न पक्षको मानिससित द्बिपक्षीय सम्बन्ध र साझा अभिरुचिका विषयबारे बैचारिक आदानप्रदान गर्ने, दुई मुलुक बीचको रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई प्रगाढ पार्ने र सँगसँगै विकास गर्ने प्रतिक्षामा रहेको छु।

        हामीले आफ्नै विकास रणनीतिलाई जोड्दै सँगसँगै अघि बढ्ने साझेदारी गर्नुपर्छ।

        हामीले मैत्री छिमेकीपनलाई प्रगाढ पार्दै पारस्परिक हित तथा सँयुक्त विकासका लागि साझेदारी गर्नुपर्छ।

        हामीले रणनैतिक सहयोगलाई सबल पार्दै पारस्परिक समर्थन गर्ने दृढ समर्थक बन्नुपर्छ।

        हामीले मैत्री पुल निर्माण गर्दै पारस्परिक सदिच्छाका मित्र बन्नुपर्छ।

        समुद्र एकदम फराकिलो छ। माछाले त्यहाँ जे चाह्यो त्यही गर्न पाउँछ। आकाश एदकम अग्लो छ। चराले जुनसुकै स्तरमा उड्न पाउँछ। मैले चीन-श्रीलङ्का मित्रता सहयोग एक्काईसौँ शताव्दिको विशाल रेशमी मार्गमा जातिय विकासबारेको सपना साकार तुल्याउनका लागि अवश्य अघि सर्ने विश्वास गरेको छु।

जानकारी तथा लेखहरु
सुझाउ