फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत सीमा क्षेत्रमा दीर्घकालीन शान्ति रहेको परराष्ट्र प्रवक्ताको भनाइ

(GMT+08:00) 2014-09-16 21:20:05
         चीनका परराष्ट्र प्रवक्ता हुङ्ग लैले सोह्र तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीन तथा भारत सीमा क्षेत्रमा लामो समयदेखि शान्ति कायम रहेको बताउँदै सीमा विषयले चीन-भारत सम्बन्धको विकासमा कुनै पनि असर नपारेको दावी गर्नुभएको छ। चिनियाँ पक्षले दुइ मुलुकले उक्त असल प्रवृत्ति कायम राख्नका लागि निरन्तर प्रयास गर्ने आशा लिएको छ।

         प्रवक्ता हुङ्गले चीन-भारत सम्बन्ध नयाँ ऐतिहासिक आरम्भ बिन्दुमा उभिएको भन्दै राष्ट्राध्यक्ष सी चिन फिङ्गले गर्ने भारत भ्रमण एकदमै महत्वपूर्ण हुने कुरा व्यक्त गर्नुभयो।  साथै उहाँले सीमा विषयबारे चर्चा गर्दै चिनियाँ पक्षको अडान यथावत स्पष्ट रहेको कुरा दोहोर्‍याउनुभयो। चिनियाँ पक्षले दुई मुलुकले आपसी सम्बन्धमा अझै विकास गर्न असल वातावरण तथा शर्त सिर्जना गर्नसक्ने र त्यस्तो असल प्रवृत्तिलाई निरन्तरता दिइराख्न प्रयास गर्ने आशा पनि लिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ