फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्वारा माल्दिभ्सका सभामुख र पूर्व राष्ट्रपतिसँग भेट-घाट

(GMT+08:00) 2014-09-16 21:32:11

         चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 15 तारिख माल्दिभ्सका सभामुख अब्दुला मसीह मोहमेद र पूर्व राष्ट्रपति एवम् सत्तारुढ पार्टी माल्दिभ्सको प्रगतिशील पार्टीका अध्यक्ष मौमुन अब्दुल गयुमसँग भेट-घाट गर्नुभएको छ।

         सभामुख मसीहसँग भेट-घाट गर्दै राष्ट्राध्यक्ष सीले माल्दिभ्सले आर्थिक विकास गर्दैआएको र सर्वसाधारणको जीवनस्तरमा सुधार गर्दैआएको बताउँदै क्षेत्रीय श्रेष्ठता र प्राकृतिक श्रोत-साधनमार्फत् समुद्री अर्थतन्त्र र पर्यटन अर्थतन्त्रको विकास गर्दैआएकोमा चीनले पनि माल्दिभ्सको आर्थिक तथा सामाजिक विकासको समर्थन दिएकोमा जोड दिनुभयो।

        सभामुख मसीहले राष्ट्राध्यक्ष सीको माल्दिभ्सको राजकीय भ्रमणबाट प्रशस्त उपलब्धि हासिल भएको कुरा बताउनुभयो।

       

 

        त्यस्तै गयूमसँगको भेटमा सीले यस पटकको भ्रमणमार्फत् दुई मुलुकको मित्रता, आपसी विश्वास र सहयोगलाई घनिष्ठ पार्नसक्ने आशा व्यक्त गर्नुभयो।

       गयूमले दुई मुलुकको सम्बन्ध निरन्तर रुपमा विकास भएको र दुई मुलुकका जनताको मित्रता क्रमशःगहिरो भएकोप्रति प्रसन्नता प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ