फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतका युवाहरुद्वारा आदान-प्रदान कार्यक्रमको आयोजना

(GMT+08:00) 2014-09-17 10:19:00

        भारतीय युवा मामिला तथा खेलकुद मन्त्रालयले स्थानीय समय सेप्टेम्बर 16 तारिख राजधानी नयाँ दिल्लीमा भारतको मैत्रीपूर्ण भ्रमणमा रहेको चिनियाँ युवा प्रतिनिधि मण्डलसँग आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ। भारतीय युवा मामिला तथा खेलकुद मन्त्रालयका अधिकारी, भारतका लागि चिनियाँ राजदूतावासका अधिकारी, चिनियाँ युवा प्रतिनिधि मण्डलका सदस्यहरु सो कार्यक्रममा उपस्थित भएका छन्।

        भारतीय उप युवा मामिला तथा खेलकुद मन्त्री राजिव गुप्ताले सम्बोधन गर्दै चीन र भारत प्राचीन सभ्यता भएका मुलुक भएको र प्रसिद्ध रेशमी मार्गले दुई मुलुकको साँस्कृतिक, आर्थिक तथा व्यापारिक आदान-प्रदान क्षेत्रमा महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो। साथै उहाँले हालैका दश वर्षयता दुई मुलुकको उच्चस्तरीय आपसी भ्रमण हुनुका साथै चीन र भारतको द्विपक्षीय सम्बन्ध विकासमा अग्रसर रही दुई मुलुकका युवा प्रतिनिधि मण्डलको आपसी भ्रमण सन् 2006देखि शुरुवात भएको बताउनुभयो। यस्तै उहाँले दुई मुलुकका युवाहरुले सँस्कृतिबारे एक अर्कालाई बाँड्ने प्रतीक्षा गरेका र हाल अझै बढी भारतीय युवाहरुले अध्ययन गर्नका लागि चीनलाई रोजेको कुरा बताउनुभयो। चीन र भारत यी दुबै मुलुकसँग विशेषायुक्त सँस्कृति छ भन्दै दुई मुलुकबीच धेरै क्षेत्रहरुमा आदान-प्रदान गर्नसकिने कुरामा पनि उहाँले जोड दिनुभयो।

        चिनियाँ युवा प्रतिनिधि मण्डलका प्रमुख एवम् अखिल चीन युवा संघका उपाध्यक्ष चौ छाङ्ग ख्वैले पनि सो कार्यक्रममा मन्तव्य प्रकट गर्नुभयो। उहाँले भारतको भ्रमण अवधिमा चिनियाँ युवा प्रतिनिधि मण्डलका सदस्यहरुले भारतीय जनताको मित्रताको अनुभव गरेका र भारतको विकासप्रति गहिरो छाप रहेको कुरा बताउनुभयो। उहाँकाअनुसार, चीन र भारत यी दुबै मुलुकको सम्बन्धको विकास इतिहासमा मित्रता र सहयोग मुख्य रुपमा प्रवाहित हुँदै आएको छ। दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको 64 वर्षयता शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त अर्थात् पञ्चशील र चीन-भारतको शान्तिपूर्ण र समृद्धि रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको पृष्ठभूमिमा दुई मुलुकको उच्च स्तरीय आपसी आदान-प्रदान क्रमशःघनिष्ठ देखिएको छ। राजनैतिक पारस्परिक विश्वास र रणनैतिक पारस्परिक विश्वास निरन्तर रुपमा बलियो देखिएको छ। विभिन्न क्षेत्रको सहयोग चौतर्फी रुपमा अगाडि बढाइएको छ। यस्तो वातावरणले दुई मुलुकका युवाहरुको मैत्रीपूर्ण आदान-प्रदान कार्यलाई फराकिलो स्थान उपलब्ध गराएको छ। चीन र भारतको मैत्रीपूर्ण सहयोग र शान्तिपूर्ण अस्तित्व एशियाको विश्वास र विश्वको लाभ हो।

        यस वाहेक, चीन र भारतका युवा प्रतिनिधिहरुले सोही दिन बेलुकी आयोजित आदान-प्रदान कार्यक्रममा आ-आफ्नो मुलुकको नृत्य र बाजाबाजा प्रस्तुती देखाएका छन्। दुई मुलुकका युवाहरुले साँस्कृतिक कार्यक्रम गरी आपसी सँस्कृतिबारे जानकारी लिएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ