फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङ्ग र श्रीलंकाली प्रधानमन्त्रीबीच भेट-वार्ता

(GMT+08:00) 2014-09-17 16:22:32

       चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सत्र तारिख कोलम्बोमा श्रीलंकाका प्रधानमन्त्री दिस्सानायके जयरत्नेसित भेट-वार्ता गर्नुभएको छ।

       राष्ट्राध्यक्ष सीले श्रीलंकाका प्रधानमन्त्री जयरत्नेलाई दीर्घकालसम्म चीन-श्रीलंका सम्बन्धको विकासमा महत्व दिँदैआएकोमा प्रशंसा गर्दै आपसी मित्रताको संरक्षक तथा विकासकर्ता भएको कुरा प्रकट गर्नुभयो। दुबै पक्षले बहुपक्षीय सहयोगलाई सबल पार्नुपर्छ। चिनियाँ पक्षले श्रीलंकालाई प्रारम्भिक सदस्य मुलुकको हैसियतमा रहेर एशियाली आधारभूत प्रबन्ध लगानी बैंक स्थापनाको तयारी कार्यमा सहभागिताका लागि पनि स्वागत गरेको छ।

       प्रत्युत्तरमा प्रधानमन्त्री जयरत्नेले चीनद्बारा प्रदत्त मूल्यवान समर्थन तथा सहयोगप्रति श्रीलंकाली जनता कृतज्ञ रहेको बताउनुभयो। चीनको सफल अनुभव सिक्न, सक्रियताका साथ एक्काईसौं शताव्दि समुद्रीय रेशमी मार्गको निर्माण गर्ने कुरामा भाग लिन र संयुक्त विकासमा सहभागि हुन इच्छुक रहेको पनि जयरत्नेले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ