फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-श्रीलंका रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकास

(GMT+08:00) 2014-09-17 10:03:19

         श्रीलंकाका राष्ट्रपति माहिन्दा राजापाक्सेले कोलम्बोमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गका लागि भव्यरुपमा स्वागत समारोहको आयोजना गर्नुभएको छ। दुई मुलकका राष्ट्रानायकले सदिच्छापूर्ण एवम् मैत्रीपूर्ण वातावरणमा वार्ता गरेका छन्। वार्ताका क्रममा दुबै पक्षले चीन-श्रीलंका मित्रताको उच्च मूल्यांकन गर्दै आपसी सहयोगको संयुक्तरुपमा परिकल्पना गरेको र चीन-श्रीलंका स्वतन्त्र व्यापारबारेको सम्झौता वार्ता सुरु भएको कुरा सार्वजनिक गरेको छ। यसले चीन-श्रीलंका रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकासलाई अघि बढाएको छ।

         वार्तापछि दुई मुलुकका राष्ट्रानायकले "रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई गहिरो पार्ने बारेको चीन-श्रीलंका कार्यरुप" र अर्थतन्त्र, व्यापार, आधारभूत प्रबन्धको निर्माण, सामुद्रिक बैज्ञानिक अनुसन्धान, सँस्कृति तथा शिक्षा आदि पक्षको सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

         राष्ट्राध्यक्ष सी चिन फिङ्ग तथा राष्ट्रपति राजापाक्सेले श्रीलंका-चीन साँस्कृतिक केन्द्र तथा कोलम्बो पुस्तक प्रदर्शनी 2014 अन्तर्गत चीनको अध्यक्ष मुलुकको कार्यक्रमका लागि अनावरण गर्नुभएको छ। साथै उहाँहरू चीन-श्रीलंका महत्वपूर्ण सहयोगात्मक कार्यक्रम अर्थात् पुट्टालामस्थित कोइला उर्जाश्रोतको भिडियो सम्पर्क शुभारम्भ समारोहमा पनि उपस्थिति जनाउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ