फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङ्गद्बारा भारतीय संचार-माध्यममा नामसहित सन्देश प्रकाशित

(GMT+08:00) 2014-09-17 16:05:55

          सेप्टेम्बर सत्र तारिख भारतको राजकीय भ्रमण हुन लागेको बेलामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले भारतीय "द हिन्दु" तथा "दैनिक जागरण" मा एकै साथ "हातमा हात मिलाएर समृद्धि तथा उत्थानको संयुक्त एशियाली सिर्जना शताब्दी" शीर्षक नामसहित सन्देश प्रकाशन गर्नुभएको छ। सन्देशमा चीन तथा भारतले दुई मुलुकको विकसित रणनीति अझ घनिष्ठ पार्दै हातमा हात मिलाएर राष्ट्र बलियो तथा जनता धनी बनाउने सपना सँगसँगै साकार तुल्याउनुपर्छ भनेर उल्लेख गरिएको छ।

         सन्देशमा जनाइएअनुसार, तङ्ग स्याउ फिङ्गले भन्नुभएजस्तो चीन, भारत तथा अरु केही छिमेकी मुलुकको विकास भएपछि मात्रै साँचिक्कै "एशियाली शताव्दि" आउने विश्वास गर्न सकिन्छ। युगले दिएको कर्तव्य वहन गर्दै चीन-भारत मित्रता सक्रिय रुपमा अघि बढाउने इच्छा देखाउँदै सीले भारतीय नेतागणसित चीन-भारत सम्बन्धबारे गहनरुपमा बैचारिक आदानप्रदान गर्न र शान्ति तथा समृद्धि उन्मुख चीन-भारत रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धमा नयाँ जीवन शक्ति थप्ने प्रतिक्षामा रहेको उल्लेख गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ