फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्वारा श्रीलंकाली सभामुखसँग भेट-घाट

(GMT+08:00) 2014-09-17 15:57:11

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 17 तारिख कोलम्बोमा श्रीलंकाली सभामुख चमल राजपाक्सासँग भेट-घाट गर्नुभएको छ।

        सो अवसरमा सीले श्रीलंकाले थाइवान, तिब्बत समस्यामा चिनियाँ अडानको समर्थन गरेकोमा धन्यवाद दिनुका साथै श्रीलंकाले स्वतन्त्रता, सर्वभौमिकता र भूभागको अक्षुण्णताको संरक्षण गर्नका लागि गरेको प्रयासको समर्थन गर्ने कुरामा जोड दिनुभयो। चीनले श्रीलंकासँग वर्तमान असल आधारमा 21औं शताव्दीको सामुद्रिक रेशमी मार्गको निर्माणलाई सुअवसरको रुपमा लिएर सहयोगलाई बढाउने र आदान-प्रदानलाई विस्तार गर्ने मनसाय चीनले लिएको कुरा बताउनुभयो।

       चमलले राष्ट्राध्यक्ष सी चिन फिङ्गको यस पटकको भ्रमणले दुई मुलुकको सहयोगलाई सशक्त रुपमा बढाएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ