फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङ्गद्वारा भारतको राजकीय भ्रमण सुरु

(GMT+08:00) 2014-09-17 22:25:01

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सत्र तारिख गुजरात प्रदेशको अहमदाबाद शहरमा पुगेर भारतको राजकीय भ्रमण थाल्नुभएको छ।

        स्थानिय समय दिउँसो राष्ट्राध्यक्ष सी विशेष विमानबाट अहमदाबाद विमानस्थलमा पुग्नुभएको हो। भारतको गुजरात प्रदेशका प्रमुख, प्रथम मन्त्री तथा चीनका लागि भारतीय राजदूतले राष्ट्राध्यक्ष सी चिन फिङ्ग तथा श्रीमती फङ्ग ली युआनप्रति हार्दिक स्वागत गर्नुभएको छ।

        राष्ट्राध्यक्ष सी चिन फिङ्गले चिनियाँ जनताको तर्फबाट भारतीय जनताप्रति हार्दिक हौसला तथा असल अभिलाषा व्यक्त गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले चीन तथा भारत यी दुइ वटा पूरानो सभ्यता मुलुक भएकाले हातमा हात मिलाएर संयुक्त उत्थान गर्ने विषय दुइ मुलुकका जनताको साझा प्रतिक्षाको विषय भएको ‌औंल्याउनुभएको छ। उहाँले भन्नुभएको छ, म भारतीय राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न सत्तारुढ क्षेत्रसित विस्तृत सम्पर्क गर्ने तथा तथा दुइ मुलुक सम्बन्धको भविष्य सँयुक्त रुपमा परिकल्पना गर्ने, चीन-भारत सम्बन्धको नयाँ पेज खोल्ने प्रतिक्षामा छु।

        गुजरात राष्ट्राध्यक्ष सी चिन फिङ्गको भारतीय यात्राको पहिलो गन्तव्य हो। यसपछि राष्ट्राध्यक्ष सीले नयाँ दिल्लीको भ्रमण गर्ने कार्यक्रम छ।

जानकारी तथा लेखहरु
सुझाउ