फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वागत समारोहमा चिनियाँ राष्ट्राध्यक्षको सम्बोधन

(GMT+08:00) 2014-09-18 16:32:54

         भारतको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्गले 18तारिख नयाँ दिल्लीमा भारतीय राष्ट्रपति प्रणव कुमार मुखर्जीद्बारा आयोजित उत्कृष्ठ स्वागत समारोहमा सहभागी हुनुभएको छ।

         स्वागत समारोहपछि राष्ट्राध्यक्ष सीले सञ्चार माध्यमलाई सम्बोधन पनि गर्नुभएको छ। सम्बोधनमा उहाँले चीन र भारत दुई वटा प्राचीन सभ्यता र सबैभन्दा ठूला विकासोन्मुख मुलुक तथा नयाँ उदियमान आर्थिक मुलुक हुनुका साथै विश्वको बहुध्रुवीकरण प्रक्रियामा दुई महत्वपूर्ण शक्ति भएको बताउनुभएको छ। उहाँका अनुसार, दुई मुलुकको सम्बन्धसँग रणनैतिक अर्थ र विश्वव्यापी प्रभाव रहेको छ। चीन र भारतले हातमा हात मिलाएर सहयोग र विकास गरेमा दुई मुलुकमा दुई अर्ब 50 करोड जनतालाई फाइदा पुग्ने तथा एशिया समृद्ध हुनुको साथै विश्वलाई धेरै मौका पुर्‍याउने पनि बताउनुभयो। उहाँले चीनको राष्ट्राध्यक्ष बनेपछि यो नै पहिलो भारत भ्रमण भएको बताउँदै यस भ्रमणमार्फत मित्रतालाई अझै प्रगाढ बनाउने, सहयोगलाई अझै गहन बनाउँदै संयुक्त रुपमा विकास गर्ने प्रतिक्षामा रहेको भन्नुभयो।

        भारतीय नेतागणसँगसँगै मिलेर दुई मुलुकको सम्बन्धबीच शान्ति तथा समृद्धितर्फ उन्मुख रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने इच्छा लिएको पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

1 2
जानकारी तथा लेखहरु
सुझाउ