फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इबोला रोग प्रतिरोध गर्न चीन सरकारद्वारा फेरि सहयोग

(GMT+08:00) 2014-09-18 18:33:48

        इबोला रोगको प्रतिरोध गर्न चीन सरकारले अन्तर्राष्ट्रिय जगतलाई फेरि सहायता दिने घोषणा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 18 तारिख नयाँ दिल्लीमा गर्नुभएको छ।

        राष्ट्राध्यक्ष सीका अनुसार, हाल पश्चिमी अफ्रिकामा इबोला रोग भयंकर रुपमा फैलिएबाट चीन र भारतलगायत अन्तर्राष्ट्रिय जगतलाई गम्भीर चुनौति दिएको छ।

       लाइबेरिया, सिएरा लियोन, गिनी आदि मुलुकलाई इबोला रोगको नियन्त्रणमा समर्थन गर्न, रोगग्रस्त क्षेत्रवरिपरि रोग प्रतिरक्षा छाताको निर्माणमा सहयोग गर्न तथा त्यससम्बन्धित अन्तर्राष्ट्रिय संगठनलाई निरन्तर नेतृत्व तथा समन्वय कायम राख्न समर्थन दिनका लागि दुई चरणको सहायताको आधारमा चीन सरकारले लाइबेरिया, सिएरा लियोन, गिनी गरी यी तीन मुलुकलाई बीस करोड चिनियाँ युआन बराबरको रकम, अन्न तथा सामग्री सहायता दिनुका साथै विश्व स्वास्थ्य संगठन र अफ्रिकी संघलाई बेग्ला-बेग्लै रुपमा बीस लाख अमेरिकी डलर दिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ