फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय सञ्चार-माध्यमद्वारा सी चिन फिङ्गको भारत भ्रमणमाथि उच्च ध्यान

(GMT+08:00) 2014-09-18 13:07:31

       चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 17 तारिख गुजरात राज्यको अहमदाबादमा पुगी भारतको तीन दिने राजकीय भ्रमण थाल्नुभएको छ। भारतीय ठूला तथा प्रसिद्ध सञ्चार-माध्यमले विशेष प्राथमिकताका साथ प्रमुख समाचारको स्थानमा सी चिन फिङ्गको भारतीय भ्रमणसम्बन्धी जानकारी दिएका छन्।

       "द हिन्दु"को वेबसाइटले "सी चिन फिङ्ग र मोदीको वाणिज्य तथा मनोरञ्जन भेट-घाट"शिर्षकको लेख प्रकाशित गरेको छ। साथै राष्ट्राध्यक्ष सी चिन फिङ्ग र उहाँकी श्रीमती फङ्ग लि युआनले पिङमा बस्नुभएको फोटो पनि प्रकाशित गरेको छ। उक्त लेखअनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद शहरमा सी चिन फिङ्गलाई स्वागत गर्नुभयो। मनोरञ्जन तथा मैत्रीपूर्ण वातावरणमा छोटो स्वागत समारोह आयोजना गरिएको छ। दुई मुलुकका नेताहरुले 18 तारिख नयाँ दिल्लीमा भेट-वार्ता गर्नुहुने छ।

       भारतीय "हिन्दुस्तान टाइम्स"को वेबसाइटले "मोदी र सी चिन फिङ्गबीच अहमदाबादमा भएको मैत्रीपूर्ण भेट-वार्ता" शिर्षकको लेख प्रकाशित गरेको छ। उक्त लेखमा दुई मुलुकका नेताहरुले मैत्रीपूर्ण भेट-वार्ता गर्नुका साथै स्मृत्ति पत्रमा हस्ताक्षर गर्नुभएको कुरा उल्लेख गरिएको छ।

      भारतीय "दैनिक भास्कार"ले चीनले गुजरातमा औद्योगिक क्षेत्र निर्माण गर्ने" शि‍र्षकको लेख प्रकाशित गरेको छ। सी चिन फिङ्गको भ्रमणले भारतमा थप लगानी र द्विपक्षीय व्यापारिक आदान-प्रदान बढ्ने सङ्केत दिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ