फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्वारा चीन र भारतको सम्बन्धबारे चार सूत्रीय अडान प्रस्तुत

(GMT+08:00) 2014-09-18 19:40:37

       चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 18 तारिख नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट-वार्ता गर्नुभएको छ। सी चिन फिङ्गले चीनले भारतलाई दीर्घकालीन रणनैतिक सहयोगात्मक साझेदारको रुपमा हेरेको साथै अझै घनिष्ठ साझेदारी सम्बन्ध स्थापना गर्ने र द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी तहबाट दुई मुलुकको सहयोगलाई सबल पार्ने इच्छा लिएको बताउनुभयो।

       यस क्रममा सी चिन फिङ्गले चार सूत्रीय अडान प्रस्तुत गर्नुभएको छ। ती यस प्रकार छन्। पहिलो, दुई पक्षले दुई मुलुकका नेताहरुको रणनैतिक निर्देशन भूमिका नि‍र्वाह गर्नुपर्ने, उच्च स्तरीय पारस्परिक भ्रमणलाई कायम राख्नुपर्ने। सीमा समस्या क्षेत्रमा दुई पक्षले मैत्रीपूर्ण छलफलमार्फत दुई पक्षलाई स्वीकार्य समाधान उपाय खोज्नुपर्ने। साथै सीमा समस्या समाधान गरिनुअघि दुई पक्षले सिमाना क्षेत्रको शान्तिको संरक्षण गर्नुपर्ने।

       दोस्रो, दुई पक्षले व्यावहारिक सहयोगको स्तरलाई चौतर्फी रुपमा उकास्ने, सञ्चार, रेलमार्गको आधारभूत प्रबन्ध, उद्योग व्यवसाय क्षेत्र, स्वच्छ ऊर्जा-श्रोत, विज्ञान तथा प्रविधि, अन्तरिक्ष, बैकिङआदि क्षेत्रहरुको सहयोगलाई अगाडि बढाउने। साथै भारतसँग चीन-भारत साँस्कृतिक आदान-प्रदान योजनाको तर्जुमा गर्ने मनसाय चीनले लिएको छ।

       तेस्रो, दुई पक्षले बङ्गलादेश, चीन, भारत, म्यान्मार आर्थिक करिडोरको निर्माणमा गति प्रदान गर्नुपर्ने तथा रेशमी मार्गको आर्थिक पेटी, 21‌औं शताब्दीको सामुद्रिक रेशमी मार्ग, एशियाली आधारभूत प्रबन्धको लगानी बैंकआदि प्रारुपहरुमा सहयोग गर्ने।

       चौथो, संयुक्त राष्ट्र संघ, बीस मुलुक समूह, ब्रिक्स मुलुकआदि बहुपक्षीय परिपाटीहरुमा भारतसँग सम्पर्क गर्ने, विश्वव्यापी सुशासन, दिगो विकास, जलवायु परिवर्तन, आतंकवादको विरोध, ऊर्जा-श्रोत, खाद्यान्न सुरक्षाआदि समस्याहरुमा सहयोग गर्ने मनसाय चीनले लिएको छ। चीनले भारतलाई शांगहाई सहयोग संगठनको औपचारिक सदस्य बन्न स्वागत गर्नुका साथै समर्थन पनि गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ