फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत तथा पाकिस्तानलाई शांगहाई सहयोग संगठनको नयाँ औपचारिक सदस्य बन्न चीनद्वारा स्वागत र समर्थन

(GMT+08:00) 2014-09-18 20:22:04

       चीनले भारत र पाकिस्तानलाई शांगहाई सहयोग संगठनको नयाँ औपचारिक सदस्य बन्न चीनले स्वागत गर्नुका साथै समर्थन गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले 18 तारिख आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

       प्रवक्ता हुङ्गले भारत र पाकिस्तानको क्षेत्रीय भूमिका अति नै महत्वपूर्ण तथा प्रभावशाली रहेको तथा पर्यवेक्षक मुलुकको रुपमा पाकिस्तान र भारत शांगहाई सहयोग संगठन प्रारुपको विभिन्न सहयोगमा सक्रियताका साथ संलग्न भइरहेको र दुई मुलुकले शांगहाई सहयोग संगठनको विकासका लागि सकारात्मक योगदान दिएको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ