फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र भारतीय प्रधानमन्त्रीद्वारा पत्रकार सम्मेलनको आयोजना

(GMT+08:00) 2014-09-18 20:55:02

       चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 18 तारिख नयाँ दिल्लीमा वार्ता गर्नुभएको छ। त्यसपछि उहाँहरु पत्रकार सम्मेलनमा सरिक हुनुभएको छ।

       उहाँहरुले चीन र भारत सम्बन्धसँग सम्बन्धित विभिन्न विषय र साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे गहिरो रुपमा वैचारिक आदान-प्रदान गरेको राष्ट्राध्यक्ष सीले बताउनभएको छ।

       भारत र चीन सबैभन्दा ठूला विकासोन्मुख मुलुकको साथै चीन भारतको सबैभन्दा ठूलो छिमेकी मुलुक भएको भन्दै प्रधानमन्त्री मोदीले राष्ट्राध्यक्ष सीको भ्रमणबाट दुई मुलुकको सम्बन्धमा नयाँ ऐतिहासिक चरण सुरु भएको बताउनुभयो।

       भारतले चीनसँगको आपसी विश्वासलाई बढाएर रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई सबल पार्ने इच्छा लिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ