फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा भारतीय राष्ट्रिय काङ्ग्रेस आईका अध्यक्ष र भूतपूर्व भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता

(GMT+08:00) 2014-09-19 18:30:22

           चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले उन्नाईस तारिख नयाँ दिल्लीमा भारतीय राष्ट्रिय कङ्ग्रेस आईका अध्यक्ष सोनिया गान्धी र भूतपूर्व प्रधानमन्त्री राजिव गान्धीसँग भेटवार्ता गर्नुभयो।

          भेटवार्तामा राष्ट्राध्यक्ष सीले अध्यक्ष सोनिया र र भूतपूर्व प्रधानमन्त्री राजीव चिनियाँ जनताको पूरानो साथी भएको स्मरण गर्दै लामो समयदेखि चीन र भारतबीचको सम्बन्धको विकासका लागि ठूलो योगदान गरेको बताउनुभयो। उहाँका अनुसार गान्धीद्वयको समर्थनमा चीन र भारतले आपसी शान्ति तथा समृद्धितर्फ उन्मूख रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गरेका हुन। केही वर्ष यी दुबै मुलुकबीचको सम्बन्धको ठूलो विकासबाट दुबै मुलुकका जनतालाई खास फाइदा पुग्नुका साथै क्षेत्रीय तथा सारा विश्वको शान्तिको विकासका पनि योगदान पुगेको छ।

          भेटवार्तामा सोनिया र राजीवले राष्ट्राध्यक्ष सीको भारतको भ्रमणबाट सफलता र ठूलो उपलब्धि हासिल भएको प्रतिक्रिया दिनुभयो। वर्तमान विश्व बनौटमा भारत र चीनबीचको सम्बन्ध निकै महत्वपूर्ण छ। भारतीय राष्ट्रिय कङ्ग्रेस आईले अन्य पार्टीसँग भारत र चीनबीचको मैत्रीपूर्ण सहयोगलाई मजबुत बनाउन प्रयास गर्दै जाने छ।

जानकारी तथा लेखहरु
सुझाउ