फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा भारतीय शुभेच्छुक र प्रतिनिधि मण्डलसँग भेट

(GMT+08:00) 2014-09-19 18:31:10

          भारतको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले उन्नाईस तारिख नयाँ दिल्लीमा भारतीय शुभेच्छुक र प्रतिनिधि मण्डलसँग भेटघाट गर्दै दीर्घकालीन रुपमा चीन र भारतबीचको मैत्रीपूर्ण सहयोगको प्रयास गर्दै आएका व्यक्ति तथा समूहलाई शान्ति सहअस्तित्व पाँच सिद्धान्त मैत्री पुरस्कार वितरण गर्नुभएको छ।

           भेटमा सहभागीहरु चीनका लागि भारतीय सहायक चिकित्सा डाक्टर,भारत अन्तर्राष्ट्रिय विश्वविद्यालयअन्तर्गत चीन विभाग,भारत-चीन मैत्रीपूर्ण परिषद,भारत चीन मैत्रीपूर्ण समितिका महासचिव आदि छन्।

            भेटमा राष्ट्राध्यक्ष सीले चिनियाँ जनताले भारतीय जनतासँग पुस्तौं पुस्तादेखि मित्रता राखेर जातीय पुनरुत्थानको बाटोमा संयुक्त प्रयास गर्दै जाने आशा गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ