फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङ्ग र भारतीय लोकसभाका सभामुखबीच भेट-वार्ता

(GMT+08:00) 2014-09-19 19:11:55

          चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले उन्नाईस तारिख नयाँ दिल्लीमा भारतीय लोकसभाका सभामुख महाजनसित भेट-वार्ता गर्नुभएको छ।

          वार्ताका अवसरमा राष्ट्राध्यक्ष सीले चिनियाँ राष्ट्रिय जनकाँग्रेस तथा भारतीय लोकसभा र चिनियाँ कम्युनिष्ट पार्टी तथा भारतLय जनता पार्टीबीचमा मैत्रिपूर्ण सहयोगात्मक सम्बन्ध कायम राखिएको बताउँदै दुबै पक्षले पारस्परिक विश्वास, सहयोग तथा मित्रता बढाउनका लागि आदानप्रदानलाई प्रगाढ पार्ने आशा व्यक्त गर्नुभएको छ।

            सभामुख महाजनले भारतीय लोक सभाको तर्फबाट राष्ट्राध्यक्ष सीको भारत भ्रमणको स्वागत गर्नुभयो। उहाँले भारतीय लोक सभा तथा भारतीय संसद चिनियाँ पक्षसित सम्पर्क बढाउँदै मुलुकको प्रशासनिक अनुभव आदानप्रदान तथा आपसी सम्बन्ध विकास गर्न इच्छुक रहेको कुरा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ