फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रपति सी चिनपिङको भारत भ्रमणका सम्बन्धमा नेपाली कुटनीतिज्ञको भनाइ

(GMT+08:00) 2014-09-19 19:23:31

         चीनका राष्ट्रपति सि चीनपिङले भारतको तीनदिने औपचारिक भ्रमण गर्नुभएको छ । दुई मुलुकबीच आपसी सहयोग र सद्भाव कायम गर्नको लागि भ्रमण केन्द्रित रहेको छ । भ्रमणकै क्रममा चीनले भारतमा 10 अर्ब अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द मोदीले दिल्लीमा गरेको 12 बुँदे सहमतिअनुरुप चिनियाँ लगानी हुने भएको हो ।

         पछिल्लो समयमा चीन र भारतबीच भएको नयाँ सम्झौता र यसले दशिक्षण एशिया लगायत नेपालमा पार्ने प्रभावका बारेमा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीसँग क्यापिटल एफ.एम.को नियमित कार्यक्रम सिधा कुरामा छलफल गरेको छ । सो छलफल कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले भारतको भौतिक र आर्थिक विकासको निम्ति भएको सम्झौताबाट नेपालका लागि एउटा ऐतिहासिक बाटो खुलेको बताउनुभयो । उहाँले चीन र भारतबीचको सम्बन्ध एउटा नयाँ उचाइमा पुगेको समेत धारणा राख्नुभयो । दुई विशाल अर्थतन्त्र भएका आफ्ना छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बन्दै जानु नेपालको लागि सुनौलो अवसर भएको कार्कीको भनाइ रहेको छ ।

         विगतमा चीन र भारतबीचको नेपालको सम्बन्धलाई लिएर एक अर्काबीच विद्यमान शंका पनि राष्ट्रपति सि चीनपिङको भारत भ्रमणले निवारण गरेको उहाँले बताउनुभयो । नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको अवस्थामा भारतले पनि यसलाई समर्थन गरेको अवस्थामा आगामी दिन नेपाल र चीनबीचको सम्बन्धलाई अझ विस्तार गर्न यसले थप उचाइ प्रदान गरेको कार्कीको भनाइ छ ।

         त्यसो त नेपालको आर्थिक विकासमा चीन, भारत लगायत पश्चिमा मुलुकहरुले पनि क्रियाशीलता देखाइरहेका छन् । यस अवस्थामा विशेष गरेर ती राष्ट्रहरुले चीनविरोधी गतिविधिहरुलाई बढवा दिन सक्ने खतरा चीनले महसुस गर्दै आएको छ । त्यसका विरुद्धमा चीन र भारतको सम्बन्धले पनि ठूलो प्रभाव पार्न सक्दछ । पछिल्लो पटक चीन र भारतबीचको आपसी सम्बन्ध विस्तार भएबाट नेपालमा पश्चिमा राष्ट्रहरुबाट हुनसक्ने चीनविरोधी गतिविधिहरुलाई निरुत्साहित गर्न समेत मद्धत पुग्ने विश्लेषण गरिएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ