![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सन् 2014 सेप्टेम्बर 11 तारिखदेखि 19 तारिखसम्म दुशान्बेमा शाङ्गहाइ सहयोग सँगठनको सदस्य मुलुकका राष्ट्रनायक परिषद्को चौधौँ सम्मेलनमा भाग लिनुका साथै ताजाकिस्तान, माल्दिभ्स, श्रीलँका तथा भारतको राजकीय भ्रमण गर्नुभएको छ। भ्रमण समापनसँगै चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले यस भ्रमणबारे जानकारी दिनुभएको छ।
परराष्ट्र मन्त्री वाङ्गले सुनौलो शरद् ऋतुमा चीनको छिमेकी मुलुकमा बाली पाकेको सरी कुटनीतिक सफलता मिलेको कुरा व्यक्त गर्नुभएको छ।
नौ दिनको यात्रामा राष्ट्राध्यक्ष सीले सत्तरी वटा कार्यक्रममा सहभागी, विभिन्न मुलुकका नेतासित वार्ता, विभिन्न क्षेत्रका व्यक्तिसित विस्तृत सम्पर्क, निष्ठापूर्वक आदानप्रदान, राजनैतिक नीति तथा विचार-विमर्श, सुझाव प्रस्तुत गर्नुका साथै रणनैतिक तथा नमूनायुक्त ठूलो परियोजना सम्पन्न गर्नुभएको छ। भ्रमण मुलुकका सरकार तथा जनताले राष्ट्राध्यक्ष सीको स्वागत गर्नका लागि सर्वोच्च सम्मान तथा सर्वोकृष्ट समारोहको आयोजना गरेको छ। उत्साही, मैत्रिपूर्ण, भव्य तथा रमणिय दृश्य जुनसुकै ठाउँमा देख्न पाइन्छ। अन्तर्राष्ट्रिय संचारमाध्यमले राष्ट्राध्यक्ष सीको यस पल्टको भ्रमणको ऐतिहासिक अर्थबारे निरन्तर प्राथमिक रुपमा रिपोर्ट गरेको छ। रिपोर्टअनुसार, शाङ्गहाइ सहयोग संगठनको विकास गर्न तथा चीनले भ्रमण गरेको मुलुकसहित् दक्षिण एशियाली क्षेत्रको सम्बन्ध उकास्नका लागि गहिरो छाप छोडेको छ।
साथै परराष्ट्र मन्त्री वाङ्गले चार बुंदामा राष्ट्राध्यक्ष सीको भ्रमणको व्याख्या गर्नुभएको छ।
एक, राष्ट्राध्यक्ष सीको भ्रमणले शाङ्गहाइ सहयोग संगठनको विकासलाई बढाउनुका साथै सुरक्षा तथा अर्थतन्त्र यी दुइ "पाँग्रा" लाई सँगसँगै सञ्चालन गराएको छ।
दुइ, रणनीतिको विकाससँगसँगै चीन तथा भ्रमण गरेको मुलुक बीचको सम्बन्ध नयाँ उचाइमा पुर्याइएको छ।
तीन, "रेशमी मार्गको आर्थिक ब्लेट तथा एकाइसौँ शताब्दीमा समुद्रीय रेशमी मार्ग" को निर्माणलाई बढाउँदै चीन र ताजाकिस्तान, माल्दिभ्स, श्रीलँका तथा भारतको एउटा हितकर भाग्य समूह बनाएको छ।
अन्तमा मन्त्री वाङ्ग यीले वरिपरिका क्षेत्र तथा छिमेकीलाई चीनले शान्तिपूर्वक बस्न, विकास तथा समृद्ध गर्न प्रत्याभूत गर्न सक्ने कुरा व्यक्त गर्नुभएको छ। चीनको विकास वरिपरिको शान्ति, स्थीरता तथा सहयोगात्मक वातावरणसित सम्बन्धित हुने र चीनको विकसित प्रवृत्तिले वरिपरिका मुलुकलाई महत्वपूर्ण सहयोगात्मक मौका दिएको भन्दै परराष्ट्र मन्त्री वाङ्गले चीनको वरिपरिका क्षेत्रमा कुटनीति नयाँ सक्रिय चरणमा प्रवेश गरिरहेको बताउनुभयो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |