फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको दक्षिण एशियाको भ्रमण सम्पन्न

(GMT+08:00) 2014-09-20 19:16:58

          चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शाङ्गहाइ सहयोग संगठन सदस्य मुलुकको चौधौं शिखर सम्मेलनमा भाग लिनुका साथै ताजिकिस्तान, माल्दिभ्स, श्रीलङ्का र भारतको राजकिय भ्रमणपछि हिजो उन्नाईस तारिख राती पैचिङ्ग फर्कनुभएको छ।

          राष्ट्राध्यक्ष सीका साथमा सीकी श्रीमति फङ्ग लि य्वान, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत राजनैतिक व्युरोका सदस्य एवम चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत नीति अनुसन्धान कार्यालयका प्रमुख वाङ्ग हु निङ्ग, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत राजनैतिक व्युरोका सदस्य एवम केन्द्रीय समितिको सचिवालयका सचिव लि चान शु, राज्य परिषदका सदस्य याङ्ग चे छ आदि समावेश छन्।

जानकारी तथा लेखहरु
सुझाउ