फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतद्बारा महत्वपूर्ण सहमति हासिल

(GMT+08:00) 2014-09-20 19:17:19

           चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले हिजो उन्नाईस तारिख पैचिङ्गमा नियमित पत्रकार सम्मेलनमा चीन र भारतका नेताहरुले आपसी सम्बन्धको विकास,चौतर्फी सहयोगको विकास र सीमा समस्याको उचित समाधान आदि विषयमा महत्वपूर्ण सहमति हासिल गरेको व्यक्त गर्नुभयो।

           प्रवक्ता हुङ्गले बुंदागत रुपमा जानकारी दिनुभएअनुसार, पहिलो यी दुवै मुलुकका नेताहरुले चीन र भारतबीचको सम्बन्धको विकासमा महत्वपूर्ण सहमति हासिल गरेका छन्। चीन र भारत महत्वपूर्ण छिमेकी मुलुक हुन् भने यी दुबै पक्षबीचको मेलमिलाप र शान्तिबाट दुई अर्ब पचास करोड जनसंख्या लाभान्वित हुने छ। दोस्रो, चीन र भारतबीचको चौतर्फी सहयोगमा पनि महत्वपूर्ण सहमति भएको छ। यस सहमतिबमोजिम यी दुबै मुलुकका विभिन्न तह विशेष गरी उच्च स्तरीय तहबीचको आदानप्रदान तथा सम्पर्क रहिरहने छ। आधारभूत प्रबन्ध,स्वच्छ ऊर्जास्रोत,विज्ञान प्रविधि,अन्तरिक्ष,बित्त आदि क्षेत्रमा यी दुबै मुलुकबीचको सहयोगलाई अघि बढाउने छ। साथै बङ्गलादेश भारत चीन म्यामार आर्थिक बेल्टको निर्माणलाई तिब्रता दिइने छ। तेस्रो उचित रुपमा सीमा समस्या सम्बन्धमा पनि दुई नेताहरुले सहमति हासिल गरेका छन्। सीमा विवादको उचित समाधान गर्दै सीमा समस्यालाई यी दुई मुलुकबीचको सम्बन्धको विकासमा असर नपार्ने सम्झौता भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ