फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चुसोभिटिना ओक्साना ---जिम्नास्टिकको चमत्कारी तारा

(GMT+08:00) 2015-10-02 13:56:18

         सन् 2008 पैचिंग ओलम्पिक खेलुकदको जिम्नास्टिक प्रतियोगितामा उज्बेकिस्तानका प्रसिद्ध खेलाडी चुसोभिटिना ओक्साना श्वेत रक्तकणको रोगबाट पीडित छोराका लागि जर्मनीको तर्फबाट सो प्रतियोगितामा सहभागी भएकी थिइन्। त्यस पैचिंग ओलम्पिकमा 33 वर्षकी उनले रजत पदक जितेकी थिइन्। उनको त्यस सफलतालाई जिम्नास्टिक क्षेत्रको "चमत्कार" मानिएको थियो। सन् 2014 एशियाली खेलकुदको प्रतियोगिता स्थलमा पनि यस साहसी आमालाई फेरि एक पटक देख्न पाइएको छ। यस पटक भने उनी आफ्नो मातृभूमिका लागि एशियाली खेलकुदमा सहभागी भएकी छिन्।  

        चुसोभिटिना इज्जत र साहसको नाम हो। जिम्नास्टिक क्षेत्रमा उनको नाम निकै प्रसिद्ध छ। जिम्नास्टिक खेलको इतिहासमा उनी लगातार छ पटकसम्म ओलम्पिक खेलकुदमा र त्यसै गरी लगातार दश पटकसम्म विश्व जिम्नास्टिक च्याम्पियनशीपमा सहभागी भएकी एक मात्रै खेलाडी हुन्। चिनियाँ जिम्नास्टिक प्रतिनिधि मण्डलका निर्देशक ये चन नानले भन्नुभयो

        "हामीले उक्त खेलाडीलाई सम्मान गर्नुपर्छ। उनी जिम्नास्टिकका लागि जन्मेकी हुन्। सबै खेलाडीहरुले उनको भावनालाई पछ्याउनुपर्छ। यस बाहेक, उनी एक आमा बनेकी छिन्। उनको जीवन अप्ठ्यारोमा देखिन्छ। मेरो विचारमा जिम्नास्टिकले उनको जीवनलाई अझै सुदृढ बनाएको छ।"

        इनशोन एशियाली खेलकुदको महिला जिम्नास्टिक टिमको प्रतियोगितामा हामीले उनलाई फेरि एक पटक देख्नपायौं। उनी प्रतियोगितामा प्रतिस्पर्धी मात्रै नभई आफ्नो टिमको निर्देशकको रुपमा समेत देखिएकी थिइन्। अन्तमा उज्बेकिस्तानले उत्तर कोरियालाई हराएर सेमी फाइनलमा प्रवेश गरेको छ। चुसोभिटिनाले भनिन्

        "हामीले प्रतियोगिता राम्रोसँग खेलेका छौं। हामीले मुख्यत ठूलो प्रयास गरेका छौं। हामी अब सेमीफाइनलमा प्रवेश गरेका छौं। हामी निरन्तर रुपमा प्रतियोगितामा सहभागी हुने छौं। हाम्रो टिममा मैले युवा खेलाडीहरुलाई सघाउन महत्व दिएकी छु। मैले उनीहरुलाई परिणाम हाम्रोतर्फ ल्याउन मद्दत गर्न प्रयास गर्ने छु।"

        इनशोन एशियाली खेलकुदको महिला जिम्नास्टिक टिमको प्रतियोगितापछि चिनियाँ जिम्नास्टिक मण्डलका महिला खेलाडीहरुले चुसोभिटिनालाई भेट गरिन्। चिनियाँ युवा महिला खेलाडीहरुले उनीसँग फोटो पनि खिचे। चुसोभिटिनाले युवा खेलाडीहरुलाई एक-एक गर्दै रुपमा अङ्कमाल पनि गरिन्। उनले ती युवा खेलाडीहरुलाई भेट्दा आफ्नो बच्चा सम्झे होलान्। उनको छोराको उपचारपछि सुधार भएको छ। केहीको विचारमा इनशोन एशियाली खेलकुद उक्त 39 वर्षीय आमाको अन्तिम प्रतिस्पर्धा हो। तर उज्बेकिस्तान जिम्नास्टिक मण्डलका मुख्य प्रशिक्षकले यस बारे चर्चा गर्दै भने

        "होइन। होइन। होइन। चुसोभिटिना चालू वर्षको अक्टोबरमा चीनको नान निङ्ग शहरमा आयोजना हुने जिम्नास्टिक च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुने छ। उनले अवश्य पनि पदक जित्ने छ, हाम्रो आशा छ। उनले उज्बेकिस्तानको लागि खेल्ने छिन्।"

जानकारी तथा लेखहरु