फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको शान्तिपूर्ण मुक्ति

(GMT+08:00) 2014-09-28 19:49:13
               तिब्बत प्राचीन कालदेखि नै चीनको भूभागको एक भाग रहँदै आएको छ। सन् 1840देखि साम्राज्यवादी मुलुकहरुबाट अतिक्रमण शुरु भएको थियो। तिब्बतको शान्तिपूर्ण मुक्ति हुनुअघि तिब्बतको स्थानीय सरकारको अधिकार बेलायतको पक्षमा रहेको पृथक शक्तिको हातमा थियो। साम्राज्यवादबाट बनाइएको 'तिब्बतको स्वतन्त्रता' भन्ने षडयन्त्रलाई नष्ट पार्न तथा सम्पूर्ण चीनको मुख्य भूमिको मुक्तिका लागि सन् 1950को जनवरीको शुरुआतमा केन्द्रिय सरकारले तिब्बततिर सेना पठाउने निर्णय गरेको थियो। साथै तिब्बतीहरुको जातिय भावनामा क्षति पुर्‍याउन नदिन केन्द्रिय सरकारले तिब्बतको शान्तिपूर्ण मु्क्ति गर्न प्रयास गर्ने नीति तोकेको थियो। तर पृथक शक्तिको नियन्त्रणमा रहेको तिब्बतको स्थानीय सत्ताले केन्द्रिय सरकारसँगको वार्तालाई लम्ब्याउनुको साथै सशस्त्र शक्तिको प्रयोग गरेर जन मुक्ति सेनालाई तिब्बतको प्रवेशमा बाधा पुर्‌याउन खोजेको थियो। अक्टोबरमा जन मुक्ति सेनाले सछुआवानको छाड तुको मुक्ति गरेर पृथक शक्तिलाई गम्भीर रुपमा प्रहार गरेको थियो। जसबाट जन मुक्ति सेना तिब्बतमा प्रवेश गर्न तथा तिब्बत समस्याको शान्तिपूर्ण समाधान गर्नको लागि बाटो प्रशस्त पारियो। सन् 1951को अप्रिल महिनामा तिब्बतको स्थानीय सत्ताको प्रतिनिधि मण्डल पैचिङ पुगेको थियो र मै तेइस तारिखमा 'केन्द्रिय सरकार तथा तिब्बतको स्थानीय सरकारबीच तिब्बतको शान्ति मुक्ति सम्बन्धि सम्झौता' ‌औपचारिक रुपमा हस्ताक्षरित भएको थियो। अक्टोबर चौब्बीस तारिख चौधौं दलाई लामाले तत्कालीन चिनियाँ राष्ट्राध्यक्ष माउलाई सन्देश पठाउनुभइ सम्पन्न सम्झौताको समर्थन गर्ने व्यक्त गरेको थियो। साथै केन्द्रिय सरकारको नेतृत्वमा जन मुक्ति सेनालाई तिब्बतको प्रवेश क्रममा सहयोग गर्ने पनि बताएको थियो।

                तिब्बतको शान्तिपूर्ण मुक्ति नै तिब्बत अन्ध्यारोबाट उज्यालोतिर मोड्ने, पृथकतावादबाट एकतातिर जाने तथा पिछडिएको समाजबाट अगाडितिर लम्कने महत्वपूर्ण घटना हो।

जानकारी तथा लेखहरु
सुझाउ