फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्र संघको महाधिवेशनको सामान्य बहसमा चिनियाँ परराष्ट्र मन्त्रीको सम्बोधन

(GMT+08:00) 2014-09-29 09:36:09
            

       स्थानीय समय अनुसार सत्ताइस तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले संयुक्त राष्ट्र संघको उन्नासत्तरीऔं महाधिवेशनको सामान्य बहसमा सम्बोधन गर्नुभएको छ। चालू वर्ष पहिलो विश्व युद्ध भएको एक सयौं वर्ष र आउने वर्ष दोस्रो विश्व युद्ध अन्त्य भएको सत्तरीऔं वर्ष भएको भन्दै परराष्ट्र मन्त्री वाङ यीले शान्तिको संयुक्त निर्माण तथा सुरक्षाको संयुक्त संरक्षण गर्न विश्वका विभिन्न मुलुकहरुले एकले अर्कालाई समान रुपमा व्यवहार गर्दै संयुक्त रुपमा शान्तिपूर्ण विकास गरेर न्याय तथा कानूनको रक्षा गर्नुपर्ने आग्रह गर्नुभएको छ।

              सत्ताइस तारिख मध्यान्ह चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले संयुक्त रुपमा शान्तिपूर्ण विकास गरेर न्याय तथा कानूनको रक्षा गर्ने शिर्षकमा सम्बोधन गर्नुभएको हो।

              सम्बोधनमा परराष्ट्र मन्त्री वाङ यीले वर्तमान विश्वमा विविध किसिमका संघर्षको सामना गर्दा विभिन्न मुलुकले राजनैतिक उपायमार्फत समस्याको समाधान गर्नुपर्ने तथा सशस्त्र कार्वाही गर्नुअघि सुरक्षा परिषदबाट अधिकार पाउनुपर्ने पुष्टि गर्नुभयो। साथै उहाँले युक्रेन, इराक, सिरिया, प्यालेष्टाइन, दक्षिण सुडान, अफगानीस्तान, इरानको आणविक समस्या, जलवायु परिवर्तन लगायतका विविध विषयबारे चीनको अडानको पनि ब्याख्या गर्नुभयो।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ