फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघीय जलवायु शिखर सम्मेलनमा विभिन्न मुलुकको सक्रिय सहभागिता

(GMT+08:00) 2015-10-22 17:12:27

         स्थानीय समय गत सेप्टेम्बर तेइस तारिख संयुक्त राष्ट्र संघीय जलवायु शिखर सम्मेलन न्यूयोर्कमा आयोजना भएको छ। एक सय बीस राष्ट्रका राष्ट्रनायक तथा सरकारी नेता उक्त जलवायु शिखर सम्मेलनमा उपस्थित हुनुभएका छन्। तर उहाँहरु यस पटकको शिखर सम्मेलनको मुख्य अतिथि भने होइनन्। अर्थतन्त्र तथा वाणिज्य क्षेत्रका नेतागण र सारा समाजका नागरिक उक्त शिखर सम्मेलनको महत्वपूर्ण सहभागीहरु बनेका छन्। उक्त शिखर सम्मेलन आयोजना हलबाहिर पनि बसेर नागरिकहरुले सम्मेलनमाथि उच्च ध्यान दिएका छन्।

         एक दिन मात्र आयोजना भएको संयुक्त राष्ट्र संघीय जलवायु शिखर सम्मेलनले विश्वको विभिन्न मुलुकको विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई आकर्षित गरेको छ। न्यूयोर्कका मेयर बील दे ब्रासिओ यस पटकको शिखर सम्मेलनको आयोजकका प्रतिनिधिको हैसियतमा उक्त शिखर सम्मेलनमा सहभागी हुनुभयो। चीनका अभिनेत्री ली बिङ्ग बिङ्ग संयुक्त राष्ट्र संघीय वातावरण योजना कार्यालयका सद्भावना राजदूतको हैसियतमा सहभागी हुनुभयो। ली बिङ्ग बिङ्गले उक्त शिखर सम्मेलनमा भन्नुभयो

         "आज यहाँ आउन पाएकोमा मलाई निकै खुशी लाग्यो। किनभने तपाईंहरुमध्येका धेरै मानिसहरुजस्तै म पनि जलवायु परिवर्तन समस्यामाथि ध्यान दिन्छु। नेताहरुले जलवायु परिवर्तन समस्याबारे कारवाही चलाउने कुराबारे समस्त विश्वका युवाहरुले जानकारी लिने आशा लिएका छन्।"

        भर्खरै संयुक्त राष्ट्र संघको शान्ति राजदूत नियुक्त गरिएका प्रसिद्ध अभिनेता लियोनार्डो डिकापरिओले उक्त शिखर सम्मेलनमा भन्नुभयो

        "तपाईंहरुको अगाडि उभिएको म विशेषज्ञ होइन। म जलवायु परिवर्तनमाथि ध्यान दिने एक साधारण नागरिक हुँ।"

        चिनियाँ उद्योग-व्यवसायका प्रतिनिधि, विद्वान, नागरिक समाजका नेता, अर्थतन्त्र तथा वाणिज्य क्षेत्रका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका व्यक्तिहरु उक्त शिखर सम्मेलनमा सहभागी भएका छन्।

        संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले भन्नुभयो

        "हामी सबै सार्वजनिक बैकिङ स‍ंस्थाहरु यस चुनौतीको सामना गर्न ध्यानाकर्षित भएको हेर्न चाहन्छौं। साथै हामीले गैर-सरकारी बैकिङ संस्थाहरु परिचालन गर्नुपर्ने छ। हामीले हरित जलवायु कोषमा रकम थप्नुपर्ने छ।"

        रकम जुटाउने, कृषि, शहर, ऊर्जा-श्रोत, वनस्पति, उद्योग, प्रकोपको प्रतिरोध, यातायात गरी आठ क्षेत्रको कारवाही योजना उक्त शिखर सम्मेलनमा सार्वजनिक गरिएको छ। यस बाहेक, संयुक्त राष्ट्र संघले प्राज्ञिक र वाणिज्य क्षेत्रका विद्वानहरु र विशेषज्ञहरु, उद्योग व्यवसाय र गैर-सरकारी समाजका नेताहरुलाई धेरै मुख्य विषयक गोष्ठीहरुमा सहभागी भई जलवायु परिवर्तनबारे प्रस्ताव प्रस्तुत गर्न निमन्त्रण गरेको छ।

        जलवायु शिखर सम्मेलन आयोजना भएको हलबाहिर विश्वको विभिन्न क्षेत्रका मानिसहरुले विविध कार्यक्रम गर्न थालेका छन्। उक्त शिखर सम्मेलन शुरु हुनु‌ दुई दिनअघि न्यूयोर्कमा जलवायु परिवर्तनसम्बन्धी जूलूस प्रदर्शन भएको छ। त्यस अवधिमा न्यूयोर्कमा करिब तीन लाख मानिस जूलूस प्रदर्शनमा सहभागी भएका छन्। संयुक्त राष्ट्र संघका महासचिव बान की मुनसमेत यस जूलूस प्रदर्शनमा सहभागी हुनुभयो। पेरिस, रोम, रिओ द जेनेरियो, मेलबर्नलगायत एक सय साठी शहरमा पनि जलवायु परिवर्तनसम्बन्धी जूलूस प्रदर्शन गरिएको छ। उनीहरुले जलवायु परिवर्तनको सामना गर्नका लागि कारवाही चलाउन, समस्त मानिसलाई स्वच्छ, स्वस्थ, निष्पक्ष र स्थिर भविश्यको सिर्जना गर्न आव्हान गरेका छन्।

जानकारी तथा लेखहरु