फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टेलिकममा 10 प्रतिशत छुट

(GMT+08:00) 2014-09-29 17:18:35

       नेपाल टेलिकमले दसैं, तिहार र छठ पर्वको अवसर पारेर मोबाइल सेवामा 10 प्रतिशत छुटको व्यवस्था गरेको छ।

       उक्त योजना असोज 13 देखि 21 गतेसम्म र कात्तिक 4 देखि 13 गतेसम्म लागू हुने विज्ञप्तिमार्फत जनाएको छ। जीएसएम/सीडीएमएमा कम्पनीकै नेटवर्कभित्र हुने कलको महसुलमा 10 प्रतिशत छुट उपलब्ध गराएको विज्ञप्तिमा भनिएको छ। जीएसएम/सीडीएमए पोस्टपेडबाट प्रतिमिनेट 90 पैसा र जीएसएम/सीडीएमए प्रिपेडबाट 1 रुपैयाँ 35 पैसामा कल गर्न सकिनेछ। एसएमएसमा भने 50 प्रतिशत छुटको घोषणा गरेको छ। छुट अवधिभर प्रति एसएमएस 50 पैसा मात्रै लाग्नेछ।

       पीएसटीएन, सी फोन (ल्यान्डलाइन) मा न्यूनतम मासिक महसुल 200 रुपैयाँमा पाउने निःशुल्क 1 सय 75 स्थानीय कल आश्विन र कात्तिकका लागि 1 सय कल थप गरेको छ। छुट अवधिको दुई महिनामा 2 सय 75 कल निःशुल्क गर्न पाइनेछ साथै डाटा कार्डमा पनि छुट दिएको छ। जीएसएम -जीपीआरएस थि्रजीको महसुल 50 पैसा प्रतिएमबी सीडीएमए (वानएक्स ईभीडीओ) को 40 पैसा प्रतिएमबी कायम गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ