फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पेट्रोल, डीजेल र मट्टीतेलको मुल्य घट्यो

(GMT+08:00) 2014-09-30 17:27:31

        नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। स्वचालित मूल्य प्रणालीअनुरुप समायोजन गर्दा पेट्रोल, डीजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ।

        पेट्रोलमा प्रतिलिटर 1 रुपैयाँ 44 पैसा र डीजेल तथा मट्टीतेलमा 27 पैसा घटाइएको कारोबार दैनिकले लेखेको छ। घटेपछि पेट्रोल 1 सय 33 रुपैयाँ 10 पैसा र डिजेल र मट्टितेलको मूल्य समान 1 सय 5 रुपैयाँ 50 पैसा कायम भएको छ। यसअघि पेट्रोलको मूल्य 1 सय 34 रुपैयाँ 50 पैसा र डीजेल तथा मट्टीतेलको मूल्य समान 1 सय 5 रुपैयाँ 50 पैसा थियो।

        नेपाल सरकारले पेट्रोलियम पदार्थको सहज आपूर्ति र नेपाल आयल निगमको बढ्दो घाटा नियन्त्रणका लागि'स्वचालित मूल्य प्रणाली' लागू गरेसँगै पेट्रोलियमको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नेपालमा पनि मूल्य घटबढ हुनेछ। अब निगमले स्वचालित मूल्य प्रणालीअनुसार भारतीय आयल कर्पोरेसनले पठाउने मूल्यको आधारमा महिनाको 2 पटक मूल्य हेरफेर गर्ने भएको छ। साथै खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत रहेको निगमले जनाएको छ।

       संसदीय अध्ययन तथा सुझाव समितिको सिफारिस र असोज 2 गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार पहिलोपटक स्वचालित मूल्य प्रणाली लागू गरिएको आपूर्तिमन्त्री सुनीलबहादुर थापाले जानकारी दिएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ